Close This

पर्सा गाउँपालिका सन् २०२५ साल भित्रमा बाल विवाहमुक्तबनाउने अभियान शुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२८ गते   २३ पटक हेरिएको

सर्लाहीको पर्सा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले बाल विवाहमुक्त गाउँपालिका घोषणा गर्ने भएका छन् । पर्सा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले बाल विवाहमुक्त गाउँपालिका घोषणा गर्ने अभियानमा आफ्नो तर्फबाट भरपूर सहयोग रहेको बताएका हुन ।
गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा गर्ने अभियानको सुरुवात गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई आइतवार र सोमवार दुई दिन अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो प्रविद्धता जनाएका हुन् । पर्सा गाउँपालिकालाई सन् २०२५ भित्र बालविवाह मुक्त घोषणा गर्न आगामी पुससम्म कार्ययोजना बनाएर अघि बढ्ने अभिमुखीकरणकै क्रममा निर्णय भएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनु भयो ।
अभिमुखीकरणको संस्थाका अध्यक्ष कार्कीको अध्यक्षतामा उद्घाटन तथा समापन गरिएको आयोजकले जनाएको छ । गाउँपालिकाभित्र अहिले अधिकांश किशोर–किशोरीहरुको उमेर नपुगी विवाह हुने गरेको छ । यो अभिमुखीकरणपछि जनप्रतिनिधि र कर्मचारीहरु सचेत भई बाल विवाह मुक्त अभियानमा लागीपर्ने विश्वास गरिएको आयोजकले बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech