Close This

सिमानाका खोल्न माग गर्दै सर्लाहीमा शान्तीपुर्ण धर्ना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-२ गते   ५०५ पटक हेरिएको

सर्वपक्षीय जिल्ला संघर्ष समितिको आयोजनामा सर्लाही सदमुका मंलगवा स्थित गोरखकाली नेपाल–भारत मुख्य सिमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ ।सरकारले कोरोना भाईरस (कोभिड १९) को बहाना बनाएर विगत ८ महिनादेखि जारी राखेको सिमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको सम्पन्न जिल्ला संघर्ष समिति सर्लाहीले जनाएको छ । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षिय बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमानाका कारण दुवै देशका सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सिमानाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षिय बैठकले मलंगवा गोरखकाली सोनवरसा (भारत तर्फ) जाने बाटोमा मंसिर २ गते (मंगलबार) र ३ गते (बुधबार) ११ बजेदेखि १ बजे सम्म धर्नामा बस्ने निर्णय गरेको थियो । धर्ना पश्चात पनि सीमा नाकाहरु खुल्ला नगरिए थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने  निर्णय भएको जिसस सभापति चौधरीले बताउनु भयो ।
जस अनुसार मंगलबार शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको जिसस सभापति चौधरीले बताउनु भयो । सरकारले समयमै सिमानाका नखोलि दिए छठ पर्व सकिएपछि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने सभापति चौधरीले बताउनु भयो ।  मुख्य नाका सरकारले औपचारिक रुपमा नखोलिदिए सम्म सर्लाही भन्सार कार्यलय समेत बन्द रहने सभापति चौधरीले बताउनु भयो ।
सिमा नाका सिल भएका कारण स्थानिय स्तरमा हजारौं गरिब नागरिकहरु प्रभावित भई गरिबी, भोकमरी र व्यापक बेरोजगारी बढेको प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहाले बताउनु भयो । निश्चित मापदण्ड पुरा गरी कोरोना भाईरस परिक्षण डेस्क र सुरक्षा जाँच संचालनमा ल्याई समयमै सिमानाका खोली सिमा नाकामा आवतजावत सहज बनाउनका लागि संघिय सरकारसंग पटक पटक गुहार गरेपनि सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेकोे सांसद कुशवाहको आरोप छ ।
कोरोना भाईरसको बहाना बनाएर सरकारले सिमानाका सिल गरी मधेसी जनता माथि व्यापक दमन, शोषण र विभेदको षडयन्त्र गर्दै आएको प्रदेश सभा सदस्य अशोक यादवले बताउनु भयो । सरकारले प्रत्येक ३.५ किलोमिटरको दुरीमा बिओपीको स्थापना गरी मधेसी जनतालाई दुख दिन र नेपाल भारत बिच भएको रोटी बेटीको सम्बन्धमा चिसोपन ल्याउने खेल खेलिरहेको सांसद यादवको आरोप छ । सिमानाका समयमै खोल्नका लागि प्रदेश सरकारले समेत संघिय सरकारसंग माग गरेपनि समस्या समाधानको सटा सिमा सिलको अवधि संघिर सरकारले एक महिना बढाएको सांसद यादवको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech