सरकारी सवारी साधनको चरम दुरुपयोग,दुर्घटना हुँदा समेत सरोकारवाला निकाय मौन

3.9k Shares

देश संघिय संरचनामा गएपछि बनेका संघिय सरकारका प्रमुखहरुको मनोमानी बढि रहेको छ । वडा अध्यक्षहरु,गाउँपालिकाका अध्यक्षहरु, नगरपालिका,महा नगर,उप महानगरका साथै प्रदेश सभा सदस्यहरु र प्रतिनिधिसभा सदस्यहरुको मनोमानी बढेको हो ।
नेपाल सरकारले दिएको सरकारी सेवा सुविधाको चरम लार्पबाही मात्र नभई उनिहरुको दादागिरी समेत चलेको पाइएको छ ।  सरकारी सवारी साधन गलत प्रयोग,पदिय मर्यादाको गलत प्रयोग मात्र नभई दादागिरी समेत बढेको पाइएको छ ।
महोतरीको जलेश्वरका नगर प्रमुख राम गैकर मिश्रले प्रयोग गर्ने सरकारी सवारी साधन कहा र कसले प्रयोग गरेको छ भन्ने विषयमा नगर प्रमुख मिश्रलाई नै थाहा छैन । भने अरु स्थानिय निकायका प्रमुखहरुले प्रयोग गर्ने सरकारी सवारी साधनहरु पनि ससुराली जान तथा आफ्न्तलाई प्रयोग गर्न दिने गरेका घटनाहरु छन् ।
जलेश्वरका नगर प्रमुख मिश्रले चढने सरकारी गाडी विगत एक महिनादेखि अर्कै ठाउँमा थन्काइएको छ । गत असोज १८ गते करिब १ः२० बजेको समयमा बर्दिवासबाट जनकपुरतर्फ जाँदै गर्दा नगर प्रमुख मिश्रले चढने सरकारी गाडी दुर्घटना भएको छ । मिथिला नगरपालिका १० लालगढमा सो सरकारी गाडी दुर्घटनामा भएको छ ।
तर, त्यो दिन सरकारी गाडीमा कोही पनि सरकारी कर्माचारी वा जनप्रतिनधिहरु थिएनन् । जलेश्वरका नगरप्रमुख मिश्र आफै भारतको राजधानी दिल्ली हुँदा उनका एक आफन्तले चलाएको सो सरकारी गाडी दुर्घटना भएपनि घटना गुपचुप राख्ने प्रयास गरिएको छ । नगर प्रमुख मिश्रले चढने सरकारी गाडी उनका आफन्त भनिने जय प्रकाश साहले सो दिन लिएर गएका खुलेको छ । सरकारी गाडी सरकारी कार्य बाहेक अन्य प्रयोजनमा प्रयोग गर्नको लागि कम्तीमा सम्बन्धीत जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्ने भएपनि जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई कुनै पनि जानकारी छैनन् । नगर प्रमुख मिश्र आफै बाहिर हुँदा साहले नगरप्रमुख मिश्रकै आफन्तलाई घुमाउनको लागि लैजाँदै गर्दा दुर्घटनामा परेको बुझिएको छ । यद्यपी, गाडीमा सो दिन को को सवार थिए भन्ने कुरा खुलेको छैनन् । प्रहरी चौकी लालगढका अनुसार, गत असोज १८ गते पूर्वपश्चिम लोकमार्ग अन्तर्गत लालगढस्थित बर्दिबासबाट ढल्केवरतर्फ जाँदै गरेको सरकारी गाडी र ढल्केवरबाट बर्दिवासतर्फ आईरहेको एक नीजि ट्रयाक्टर एकआपसमा ठोक्कीन पुग्दा सवारी दुर्घटना भई क्षतिग्रस्त हुन पुगेको हो । सो सन्दर्भमा जलेश्वरका नगर प्रमुख मिश्रले भने अन्य प्रतिक्रिया दिएका छन् । उनका अनुसार, गाडीको सर्भिसिंगको समय भएकोले सर्भिसिंगको लागि काठमान्डौं जाँदै गर्दा बाटोमा ट्रयाक्टरले ठक्कर दिएको र सबै खर्च समेत ट्रयाक्टरबालासँग तिर्न लगाएको बताएका छन् । सरकारी गाडीमा सरकारी प्रयोजन, सार्वजनिक प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नमिल्ने प्रावधान रहेपनि नगर प्रमुख मिश्रले आफ्ना आफन्तलाई ओहोर दोहोर गर्नको लागि साहलाई सवारी चलाउन दिएका थिए । सो दिन गाडीमा कोही पनि कर्मचारी वा जनप्रतिनीधि थिएनन्। सो दुर्घटनाको क्रममा एक जना पुरुष घाईते भएको थियो । समान्य घाईते भएका ती पुरुष भने कसको आफन्त वा को रहेको बारे खुलेको छैनन् । यता,चालक साहले आफ्नो आफन्तलाई जनकपुर घुमाउन लैजाने क्रममा दुर्घटना भएको बुझिएको छ।
दुर्घटनापछि कैयौं दिनसम्म प्रहरीको कब्जामा रहेको नगर प्रमुख मिश्रको गाडी ट्रायक्टर मालिकले खर्च स्वीकारेपछि मात्र छुटेको थियो । तर, अझै पनि सरकारी गाडीको अवस्था गुपचुप राखिएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले नगर प्रमुख मिश्रको सरकारी गाडी दुर्घटना बारे कुनै जानकारी नभएको बताएको छ ।
त्यसैगरी प्रदेश २ महिला बालबालिका,युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीका स्वकिय सचिवले प्रयोग गर्ने सरकारी सवारी साधनको दुर्धटनामा परि एक जना नेपाली कांग्रेसका नेताको ज्यान गएको छ  ।
 महिला बालबालिका,युवा तथा खेलकुद मन्त्रालयका मन्त्री विरेन्द्र प्रसाद सिंहका स्वकिय सचिव निकेश त्रिपाठीले प्रयोग गर्ने सरकारी सवारी साधन प्रदेश २ ०२ ००१ व ५४४ नम्बरको मोटरसाईकल मलंगवाबाट बरथवा जाने क्रममा धनकौल गाउँपालिका १  सिखौनामा कार्तिक १५ गते राती १०ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा परि रामनगर गाउपालिका ४ का नेपाली कांग्रेसका नेता अनित कुमार पाण्डेको   ज्यान गएको थियो । तर जिल्ला प्रहरी कार्यालय सर्लाहीले मन्त्रालयको सरकारी सवारी साधन मात्र भन्दै सो घटना पनि लुकाउने काम गरेको छ । 
१५ गते राती अत्याधिक मधिरा सेवन गरि सरकारी सवारी  साधनको प्रयोग गर्दा सर्लाहीको रामनगर गाउपालिका ४ का पाण्डेको   ज्यान गएको प्रहरीको भनाई छ ।  अत्याधिक मधिरा सेवन गरि सरकारी सवारी साधन चलउदा निज पाण्डेको निधन भएको सर्लाही प्रहरीले पुष्टि गरेको छ  । तर मन्त्रालय खुलाएको छैन । भने सो घटनाको बारेमा टिपोट समेत सार्वजनिक गरेको छैन । दुर्घटनाको कारण अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताउनु भयो ।

सम्बन्धित समाचार