पिकअप भ्यान सहित करिब ८६ क्युविफिट सालकाे काठ नियन्त्रणमा

324 Shares

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर राैतहटकाे सशस्त्र वन सुरक्षा गस्ती टोलीले सालको अवैध काठ सहितको पिकअप भ्यान नियन्त्रणमा लिएको छ । वनकर्मीहरुकाे गस्ती टाेलीले ना २ च ९३१९ नम्बरको भ्यानमा लाेड गरि चाेरी तस्करी गर्दै गर्दा करिब ८६ क्युविफिट सालकाे काठ सहित पिकअप भ्यान नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय राैतहटका प्रमुख एवम डिभिजन वन अधिकृत हेमन्त कुमार साहले जानकारी दिए ।

उनका अनुसार सव डिभिजन वन कार्यालय धन्सारका रेन्जर विकाश लामिछानेको नेतृत्वमा गएको वनकर्मीहरुकाे गस्ती टोलीले पुर्प पश्चिम राजमार्ग स्थित धन्सार पुल देखि करिब दुई किलोमिटर पूर्व लच्कामा साढे ८५ क्युफिट अवैध सालको काठ लोड भएको ना २ च ९३१९ नम्बरको वोलेरो पिकअप भ्यान र भ्यानका चालकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको काठ,भ्यान र चालक जितेन्द्र चाैधरीलाई डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर राैतहटकाे नियन्त्रणमा राखि आवश्यक अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालय राैतहटका प्रमुख एवम डिभिजन वन अधिकृत साहले बताए । ‘काठ कहाँबाट र कसले ल्याएको भन्ने विषयमा अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालय राैतहटका प्रमुख एवम डिभिजन वन अधिकृत साहले बताए ।

सम्बन्धित समाचार