Close This

१५० वेडको सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण कार्य तिब्र गतीमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-६ गते   ३५८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा १ सय ५० वेडको क्वारेन्टाईनको निर्माण कार्य तिबै गतिमा भई रहेको छ ।लालबन्दी नगरपालिका १ को कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा क्वारेनटाईन निर्माण सुरु गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । 
नगरबासीको मागपछि शान्त तथा व्यावस्थीत र बस्ती भन्दा टाढा रहेको कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा नगर भित्रको एक मात्र क्वारेन्टाईन निर्माणको काम तिब्रगतीमा भई रहेको लालबन्दी नगरपालिका वडा वडा नम्बर ५ का वडा अध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो ।
१ सय ५० वेड क्षमताको क्वारेन्टाईन सोमबारबाट निर्माण सुरु गरिएको र मंगलबार पनि शुद्ध पिउँने पानी,विजुली बत्ती,सुरक्षा,सौचालय,सरसफाई लगायत घेराबेराको काम तिबैगतीमा भई रहेको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती कुमारी लामाले जानकारी दिनु भयो ।  नगरका विभिन्न स्थानमा होम क्वारेन्टाईनमा बसेका ६ जनालाई सो क्वारेन्टाईनमा लगेर व्यावस्थापन गर्ने लक्ष्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी प्रमुख डा.चन्दन चौधरीले बताउनु भयो । 
अहिले बागवानीमा रहेको क्वारेन्टाईनमा १ जना,पत्थरकोटमा होम क्वारेनटाईनमा १ जना नेत्रगन्ज होम क्वारेन्टाईनमा २ जना र हिरापुरमा होम क्वारेन्टाईनमा २ जना होम क्वारेन्टाईनमा बसेका डा.चौधरीले बताउनु भयो । बुधबारसम्ममा उनिहरु सबैलाई निर्माणाधिन क्वारेन्टाईनमा लगेर राखिने पनि डा. चौधरीले बताउनु भएको छ । सो क्वारेन्टाईनमा बाहिरबाट आउने शंकास्पद मानिसहरुलाई व्यावस्थापन गर्ने लक्ष्यका साथ क्वारेन्टाईनलाई थप सुविधा सम्पन्न बनाउने काम भई रहेको नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech