सर्लाहीका विभिन्न स्थानमा करिब २ लाख ५० हजार विभिन्न प्रकारका विरुवाहरु वितरण गरिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयहरुको नर्सरीमा उत्पादन भएका विभिन्न प्रजातीका करिब २ लाख ५० हजार विरुवाहरु वितरण गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।उनका अनुसार डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयहरुको नर्सरीमा उत्पादन भएका बकाईनो,अर्जुना,मलेसियन साल,अमला,बेल र निम लगायतका करिब २ लाख विरुवाहरु स्थानीयलाई र करिब ६२ हजार विरुवाहरु डिभिजन वन कार्यालय सर्लाही आफैँले रोपेको हो ।
जिल्ला भरीका स्थानिय तहहरुमा डिभिजन वन कार्यालय सर्लाही क्षेत्रको नर्सरीमा उत्पादन भएको विरुवाहरु स्थानीयको माग अनुसार वितरण गरिएको र विभिन्न समयमा डिभिजन वन कार्यलय सर्लाहीले स्थानीय तहहरुसंग समन्वय गर्दै वृक्षारोपण समेत गरेको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।उनका अनुसार डिभिजन वन कार्यालय सर्लाहीले जिल्लाका सामुदायिक वन क्षेत्रका खाली रहेका जमिनहरुका साथै सडक किनारमा गरी करिब ६२ हजार विरुवा रोपेको र करिब २ लाख विरुवा वितरण गरेको हो ।
जिल्लाको बागमती,हरिवन,बरहथवा,लालबन्दी र इश्वरपुरका विभिन्न सामुदायिक वनहरुको खाली रहेको जमिनका साथै सडक किनारमा सुपारी,अशोक,रुद्राक्ष,गुल्मर,कल्की र धुपि लगायत जातका करिब ६२ हजार विरुवा डिभिजन वन कार्यालय सर्लाहीले स्थानीय तहहरुसंग समन्वय गरेर रोपेको र जिल्लाका स्थानीयले माग गरे अनुसार थप २ लाख विरुवाहरु वितरण गरिएको डिभिजन वन कार्यालय सर्लाहीका योजना शाखा प्रमुख सजन चौधरीले जानकारी दिए ।उनका अनुसार सडक किनारमा रोपिएका विरुवाहरुको स्थानीय तहहरुले र स्थानीयलाई वितरण गरिएका विरुवाहरुको उनीहरु आफैँले गोलमेल र संरक्षण गर्ने प्रतिवद्धता जनाएका छन् ।