ईश्वरपुरका करिब सय परिवारलाई गाउँब्लक जग्गाको लालपूर्जा वितरण

678 Shares

गणेश खड्का 
 सर्लाहीको ईश्वरपुर नगरपालिका ३ र ११ का एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको छ । ईश्वरपुर नगरपालिका ३ र ११ का एक सय परिवारले वर्षौदेखि भोगचलन गर्दै आइरहेको सो गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार करिब डेढ सय जनाको लालपूर्जा बनेकोमा पहिलो चरणमा करिब सय जनालाई गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको हो । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यले इश्वरपुर नगरपालिका १० का गाउँब्लक वासीलाई पनि छिट्टै लालपूर्जा वितरण गरिने र भूमिहिनको लगत संकलनका क्रममा विवरण लिइएका नगरभित्रका सात हजार दुई सय घरधुरीलाई समेत लालपूर्जा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए ।
नापी कार्यालय मलंगवाका प्रमुख सन्जय मानन्धर,ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ,विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थितीमा गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको हो ।

सम्बन्धित समाचार