महोतरीको बर्दिवास नगरपालिका ५ स्थित रहेको टुटेश्वर साझेदारी वन व्यावस्थापन समुहको वन क्षेत्रमा दिन दहाडै सालका हरिया रुखहरु काटिएको छ । बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर महादेव मन्दीर जाने बाटोमा दिन दहाडै हरिया रुख काँटिदा पनि वन कार्यालयका कर्माचारीहरु र साझेदारी वनका अध्यक्ष मौन देखिएका छन् ।
पुर्व पश्चीम लोकमार्ग स्थित टुटेश्वर मन्दीर जाने गेटबाट करिब २ किलोमिटरको दुरीमा हरिया सालका रुखहरु दिन दहाडै काटिँदा पनि टुटेश्वरनाथ सव डिभिजन वन कार्यालय टुटेश्वर महोतरी र टुटेश्वरनाथ वनको साझेदारी वन व्यावस्थापन समुहका साथै डिभिजन वन कार्यालय महोतरी मौन देखिएको हो । टुटेश्वरनाथ वनको साझेदारी वन व्यावस्थापन समुहको क्षेत्रबाट साझेदारी वन र सव डिभिजन वन कार्यालयको मिलेमतोमा १३ वटा सालका हरिया रुख र १४ वटा अन्य प्रजातिका हरिया रुखहरु काटिएका छन् ।
हरियाँ रुख काटिएको स्थानबाट टुटेश्वरनाथ सव डिभिजन वन कार्यालय टुटेश्वर महोतरी र टुटेश्वरनाथ वनको साझेदारी वन व्यावस्थापन समुह करिब २ किलोमिटरको दुरीमा रहेको भएपनि दिन दहाडै हरियाँ रुख काटिँदा पनि वन कार्यालय र साझेदारी वन कार्यालय र सोका कर्माचारीहरु मौन देखिनुले उनिहरुको मिलेमतोमा हरिया रुखहरु काटिएका स्थानियको आरोप छ ।
टुटेश्वर मन्दी जाने बाटैमा हरिया रुख काटिनु वन कार्यालय,साझेदारी वनका अध्यक्ष र कर्माचारीहरु वेखबर हुनु, रुख काटिएको भोलि पल्टै राय ठहर सहितको प्रतिवेदनका लागि डिभिजन वन कार्यालय महोतरीले सव डिभिजन वन कार्यालय टुटेश्वरलार्ई पत्र पठाउनु,रातीमा गस्ती टोलीले गस्ती गर्नमा कन्जुस्याँई गर्नु लगायतका कारणले वन कार्यालय,साझेदारी वनका अध्यक्ष र काठ तस्करहरु विच मिलेमतो रहेको ठहर हुन्छ ।
टुटेश्वरनाथ सव डिभिजन वन कार्यालय र साझेदारी वनको क्षेत्रबाट कार्यालय नजिकै हरिया रुख काटिएको भएपनि सम्बन्धीत कार्यालयहरुले छानविन तथा अनुसन्धानको बाहनामा उम्कीनुले पनि उनिहरुको संग्लग्नतामा काठ तस्करहरुले हरिया रुख काटेका स्थानियको आरोप छ ।
डिभिजन वन कार्यालय महोतरीका रेन्जर एवम सो क्षेत्रको गस्ती टोली प्रमुख सन्तोष कुमार यादव,टुटेश्वरनाथ सव डिभिजन कार्यालय टुटेश्वरका प्रमुख भिम बिक्रम खड्का,सोही कार्यालयका फलेस्टर वसन्त यादव र टुटेश्वरनाथ वनको साझेदारी वन व्यावस्थापन समुहका अध्यक्ष श्याम किशोर चौधरीको मिलेमतोमा हरिया रुख काटिएको स्थानियको ठहर छ ।
भने स्थानिय निकायको निर्वाचनको मुखमा पारेर आफ्ना कर्माचारी निर्वाचन खटिएको मौका छापी बाटो फराकिलो पार्न स्थानियले रुख काटेका टुटेश्वरनाथ सव डिभिजन कार्यालय टुटेश्वरका प्रमुख भिम विक्रम खड्काले बताउनु भयो । उहाँका अनुसार बाटोलाई फराकिलो बनाउने सन्दर्भमा स्थानियले रुख काटेका र त्यसमा आफ्नो कुनैपनि संग्लग्नता नरहेको बताउनु भयो । कसले रुख काटे भन्ने एकिन नभएपनि बाटो विस्तार गर्न रातिको समयमा गाउँलेहरुले रुख काटेका सव डिभिजन प्रमुख खड्काले बताउनु भयो ।
यता,टुटेश्वर चोकबाट गाउँ जाने मोटर बाटोको छेउमा २७ वटा हरिया रुख काटिएको पाईएको र चुनावको मौका छोपेर सडक विस्तार गर्न रातिको समयमा रुख काटिएको पाइएको डिभिजन वन कार्यालय महोतरीका कार्यालय प्रमुख विनोद सिंहले बताउनुभयो । उहाँका अनुसार चोरी तस्करीको मनसायले नभई स्थानियले सडकको विस्तारका लागि रुख काटिएका बताउनु भयो । सोसडक स्तरोउन्नतीको लागि ठेक्का लागेको र सडक विस्तार गर्न रुखहरु काटिएको उहाँको भनाई छ ।
टुटेश्वर गाउँको टपरी बजारमा वनको जमिनमा घर टहरा वनाइएको र वनको टोलिले ति टहराहरु भत्काई दिएपछि आक्रोसित भएका स्थानियले वन कार्यालयसंग समन्वय नगरि रुख काटेका डिभिजन कार्यालय प्रमुख सिंहले बताउनु भयो । उहाँले वन कार्यलयसंग कर्माचारीहरु आवश्यक मात्रामा नहुनु,वन कार्यालयका कर्माचारीहरु पनि निर्वाचनमा खटिनु,सामुदायिक वन समुह र साझेदारी वनका अध्यक्षहरु कुनै न कुन ैराजनैतिक दलका नेताहरु भएका कारण पनि वन जोगाउन समस्या भएको बताउनु भयो ।
जेठ ३ गते राति काटिएका हरिया रुखको छानवन गर्न डिभिजन वन कार्यालय महोतरीका बरिष्ठ सहायक वन अधिकृत बेचन ठाकुरको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको बताउनु भयो । समितिले ३ दिन भित्रमा सत्यतथ्य निश्पक्ष छानविन गरि प्रतिवेदन पेश गर्ने र जोदोषी देखिन्छ उसमाथी कडा कार्बाही गरिने डिभिजन प्रमुख सिंहले बताउनु भयो । तर छानविन तथा अनुसन्धान टोलीले ३ दिनमा दिने प्रतिवेदनकोदिन पनि कटि सक्दा प्रतिवेदन आउन सकेको छैन ।
टुटेश्वर सव डिभिजन वन कार्यालयका कर्माचारीहरु र साझेदारी वनका अध्यक्षको डिभिजन प्रमुख सिंहले बचाउ गर्नुले पनि वन कार्यालयका कर्माचारीहरु,साझेदारी वनका अध्यक्ष र काठ चोरी तस्करी गर्नेहरुको मिलेमतोमा हरिया रुख काटिएको स्पष्ट हुन्छ ।
यता,साझेदारी वन व्यावस्थापन समुहका अध्यक्ष चौधरीका अनुसार २०६८ सालदेखि यता पटक पटक वन क्षेत्र अतिक्रमणको चपेटामा परेको बताउनु भयो ।सोसडककोठेक्का लागि सकेको र सडक विस्तार गर्ने विषयमा स्थानिय राजनैतिक दलका नेताहरुको संग्लग्नतामा हरिया रुखहरु काटिने गरेका अध्यक्ष चौधरीले बताउनु भयो ।
पुरा भिडियो https://www.youtube.com/watch?v=WQGK9nntUaw
https://www.youtube.com/watch?v=mKqDskPYsF8 युटुबमा हेर्न सक्नु हुनेछ ।