Close This

समुदायमै पीसीआर टेष्ट गर्न कांग्रेस लालबन्दीको माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२९ गते   २८२ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिकामा समुदायबाट समुदायमै कोरोना सङ्क्रमण देखिन थालेपछि नेपाली काङ्ग्रेस लालबन्दीले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । 
लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरू,स्वास्थ्यकर्मीहरु र व्यापारी व्यावसायीहरुलाई नै कोरोना भाईरस(कोभिड १९) को सङ्क्रमण देखिएपछि नगरमा आतङ्क र भयावह  फैलिएको भन्दै कांग्रेसले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको हो ।
लकडाउन र सङ्क्रमित रहेका स्थान सिल गर्नु आफैमा राम्रो कार्य भए तापनि नगरका प्रत्येक नागरिकको पिसिआर टेस्ट गर्नुपर्ने माग काङ्ग्रेस नगर सभापति प्रशान्त आचार्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जन स्वास्थ्यप्रति नगरले ठोस कदम चाल्न नसकेको र कोरोना परीक्षणको दायरा बढाउन नसक्नु नगर सरकारको कमजोरी रहेको सो विज्ञाप्तीमा उल्लेख गरिएको छ । नगरभित्रका समुदायका प्रत्येक नागरिकको तत्काल पिसिआर टेस्ट गर्न माग गरिएको काङ्ग्रेस नगर सभापति आचार्यले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech