सर्लाहीको लालबन्दी नगरपालिकाले बाढी र डुबानबाट भएको क्षतिको विवरण संकलनकमो काम शूरु गरेको छ ।
अचानक परेको बेमौसमी वर्षाका कारण देशभर डुबान तथा बाढी पहिरोले जनधनको व्यापक क्षति भएको समयमा लालबन्दी पनि अछुतो रहन नसकेको भन्दै नगरपालिकाले एक सुचना जारी गर्दै बाढी र डुबानबाट भएको क्षतिको विवरण संकलनको काम शुरु गरेको हो ।
अचानक परेको अविरल वर्षाका कारण किसानहरुले लगाएको धान पाक्नै लाग्दा डुबानमा परेपछि उक्त क्षतिको तथ्यांक संकलनको काम शुरु गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार नगरबासीलाई बाढी र डुबानबाट अन्नबालीमा क्षति पुगेपछि क्षतिको विवरणसहित नगरपालिका कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै बाढी र डुबानबाट भएको क्षतिको विवरण संकलन भइरहेको भन्दै नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । अविरल वर्षाका कारण धानवालीमा परेको प्रभाव र क्षेतिको तथ्यांक कार्तिक १५ गते सम्म नगरपालिकाको कृषि शाखामा उलपब्ध गराउँन माग गर्दै नगरपालिकाले सुचना जारी गरेको छ ।
नगरपालिकाले क्षति भोगेका किसानको फोटोसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत बासुलेव तिमल्सिनाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । त्यसैगरी जिल्लाकै इश्वरपुर नगरपालिकाले पनि बाढी र डुबानबाट भएको क्षतिको विवरण संकलनको काम शुरु गरेको नगर प्रमुख मनोज कुमार देवकोटाले जानकारी दिनु भयो । उहाँका अनुसार नगरपालिकामा पनि सयौं बिघामा किसानहरुले लगाएको धानलगायत अन्नबालीमा क्षति पुगेको र त्यो क्षतिको विवरणसहित नगरपालिका कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ ।
किसानहरुलाई दिने राहत भने संघीय सरकारले जारी गरे अनुसार स्थानीय निकायले राहत दिने भन्दै तथ्यांक संकलनको काम शुरु गरिएको जिल्लाका स्थानिय निकायहरुले बताएका छन् ।
‘किसानहरुको क्षेतिको विवरण संकलन भएपछि क्षेति अनुसार मल्यांकन गरि केन्द्र र प्रदेश सरकारले आवश्यक राहत दिने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहले जानकारी दिनु भयो । उहाँका अनुसार सर्लाहीमा यस वर्ष ४४ हजार हेक्टर क्षेत्रफलमा किसानहरुले धान खेती लगाएका थिए ।