Close This

जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री  वितरण

रासस    प्रकाशित: २०७६-१२-२८ गते   ५३२ पटक हेरिएको

जिल्ला अस्पताल मलंगवालाई जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले कोरोना संक्रमणबाट बच्न सुरक्षा सामग्री प्रदान गर्नु भएको छ । सभापति चौधरीले पिपिई  सेट,सेनिटाईजर  र एन ९५ माक्स दिनु भएको हो ।
क्षेत्र नं. २ का समानुपातिक संघिय सांसद चन्दा चौधरीले आफनो निजि लगानीमा कोरोना सक्रमणबाट बच्न सुरक्षा सामग्री सहयोग स्वारुप पठाएपछि आफुले उक्त सुरक्षा सामग्री जिल्ला अस्पताल मलंगवालाई सो सामाग्रीहरु हस्तान्तरण गरेको जिल्ला समन्व समिति सभापति चौधरीले जानकारी दिनुभएको छ । कोरोना भाईरस(कोभिड १९) को समयमा सबै भन्दा बढी बिरामीको नजिक रहनु पर्ने भएका कारण स्वास्थ्यकर्मीहरु बढी असुरक्षित रहने भएका कारण आफुल े सो सामाग्रीहरु सहयोग गरेको बताउनु भएको जिल्ला अस्पताल मलंगवाका मेडिकल अधिकृत डा. अभिनाश सिंहले जानकारी दिनुभयो ।
त्यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिकामा जनप्रतिनिधिहरुले अति विपन्न तथा गरीब परिवारलाई राहत वितरण गरेका छन । ईश्वरपुर नगरपालिका वडा नं. १३ श्रीनगरमा ३ सय १७ गरिब तथा बिपन्न घरधुरीलाई जनप्रतिनिधिहरुले राहत स्वरुप खाध्यान्न वितरण गरेका छन  बिहिवार वडाभरीका विपन्न परिवारलाई चामल , दाल , नुन ,  खाने तेल र हात धुने साबुन वितरण गरिएको ईश्वरपुर नगरपालिकाका नग प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो ।
भने सर्लाहीको कविलासी नगरपालिकामा दलित तथा अतिविपन्न १ सय १५ घरधुरीलाई राहत उपलब्ध भएको छ । स्थानिय एक महिला नेतृले दलित तथा अतिविपन्नहरुको घरमै पुगेर राहत वितरण गर्नु भएको हो । कोरोना भाइरस(कोभिड १९) को संक्रमणको रोकथाम र न्युनिकरणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा काम विहीन बनेका कविलासी नगरपालिका वडा नं. ९ र १० का दलित तथा अतिविपन्न १ सय १५ घरधुरीलाई राहत वितरण गर्नु भएको हो ।
समाजवादी पार्टीका कविलासी नगरपालिका नगर कमिटी उपाअध्यक्ष  संगीता देवी यादवले  राहत स्वरुप चामल,दाल,आलु ,नुन लगायतका खाध्यान्न सामग्री राहट स्वारुप वितरण गर्नु भएको हो ।  कविलासी नगरपालिका स्थित सलेमपुर, भलुवाहा लगायतका विभिन्न स्थानका दलित तथा अतिविपन्न बस्तीहरूमा महिला नेतृ यादवले आफनो व्यक्तिगत खर्चमा राहत सामग्री वितरण गर्नु भएको हो ।  नगर क्षेत्र भित्रका विपन्न तथा दलित नागरीकहरु कोरोना संक्रमणको त्रासमा रहेका र लकडाउन बाट अति प्रभिवित भएका ती परिवारहरुलाई आफुले राहत स्वरुप केहि खाध्यान्न सामग्री वितरण गरेको महिला नेतृ यादवले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech