दुई वटा विद्युतको पोलमा आगलागी हुँदा टेलिफोन र इन्टरनेटको तारमा क्षति

405 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित डालि मार्ट अगाडि बिजुलीको दुईवटा पोलमा आगलागी भएको छ।इन्टनरेट र टेलिफोनको तारका ठूल्ठूलो गुजुल्टा रहेको सो स्थानमा बिहान करिब २ बजे आगलागी भएको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ ।पुर्व पश्चीम राजमार्ग छेउको साँझा संस्था अगाडि रहेको ट्रान्सफर्मरमा एक्कासी पड्किएको आवाज आएको र त्यसपछि आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।उनीहरुका अनुसार टेलिफोन र इन्टरनेटको तार व्यवस्थित किसिमले नराख्दा आगलागी भएको हो ।राति आगलागी भएपछि सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ।स्थानीय,प्रहरी र प्राधिकरणका प्राविधिक भएर आगलागी नियन्त्रणमा लिएका कारण थप क्षेती हुन नपाएको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख त्रिभुवन कुमार यादवले बताए ।
उनका अनुसार आगलागीबाट दुुईवटा पोलमा रहेका बिजुली र टेलिफोनको तार जलेर नष्ट भएको छ ।आगलागीबाट बिजुलीको तार र ट्रान्सफर्मरमा ठूलो कुनै क्षति नभएको प्राधिकरणले जनाएको छ । लालबन्दी क्षेत्रमा रहेका विभिन्न  छ वटा केवल तथा इन्टरनेटहरुले आफ्नो तार पनि विद्युतका पोलमै  राखेका रप्रयोग विहिन अवस्थामा रहेका तारहरु ननिकाली त्यही छाड्दा तारको गुजुल्टो परेको र त्यही कारण सामान्य हावा हुरी चल्दा पनि विद्युतका पोलहरुमा आगलागि हुने गरेको पाइएको हो । लालबन्दीका केवलहरुका साथै इन्टनेट कम्पनीहरुलाई त्यस प्रकारकाताहरु हटाउन र विद्युतका पोलहरु  प्रयोग गरे वापत राज्यलाई तिर्नु पर्ने रकम तिर्न प्राधिकरण पटक पटक ताकेता गरेपनि उनीहरुले सो विषयलाई पनि वेवास्था गरेका प्राधिकरणको भनाई छ ।

सम्बन्धित समाचार