अनुदान कटौतिको विरोधमा उखु किसान आन्दोलित

425 Shares

उखुको अनुदान कटौतीको विरोधमा उखु उत्पादक किसानहरु आन्दोलित भएका छन्।चिनी उद्योग भएका जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।प्रतिक्विन्टल रु ७० का दरले नेपाल सरकारबाट उखु उत्पादक किसानहरुले पाउँदै आएको अनुदान कटौतीको विरोधमा आन्दोलनको घोषणा गरिएको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।
उनका अनुसार अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै उखु उत्पादक किसानहरुले आन्दोलनको घोषणा गरेका छन् ।सरकारले यो वर्षदेखि उखुको अनुदान रकमका लागि बजेट विनियोजन नगरेपछि किसानले आन्दोलनको घोषणा गरेका हुन् । 
उखु उत्पादनमा लागत बढ्दै गएको समयमा सरकारले अनुदान कटौती गरेपछि उखु उत्पादक किसानहरु समस्यामा परेका उखु किसान संघर्र्ष समितिका केन्द्रीय सह–संयोजक राजकुमार उप्रेतीले बताए।उनका अनुसार सरकारले गत वर्षकै अनुदान किसानलाई दिएको छैन भने चालु आर्थिक वर्षको बजेटमा अनुदान कटौती गरेको छ ।सरकारले किसानको माग सम्बोधन गर्न आनाकानी गरेका कारण हामी आन्दोलनको तयारी गरिएको उखु किसान संघर्र्ष समितिका केन्द्रीय सह–संयोजक उप्रेतीले बताए ।
आइतबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै मंगलबार चिनी उद्योग अगाडि टायर बालेर प्रदर्शन गर्ने र भदौ ८ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम रहेको उखु किसान संघर्र्ष समितिले जनाएको छ ।
समितिका अनुसार आर्थिक वर्ष २०८१/०८२ को उखुको अनुदान रकम प्रतिक्विन्टल रु ७० को दरले करिब रु एक अर्ब ६० करोड नेपाल सरकारले भुक्तानी नगरेको र आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उखुको अनुदान सम्बोधन समेत नगरेपछि संघर्षका कार्यक्रम घोषणा गरिएको हो ।आफूहरुको माग साउन महिनाभर सुनुवाई नभए आगामी भदौ ८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा गएर धर्नामा बस्ने निर्णय भएको उखु किसान संघर्ष समितिका केन्द्रीय संयोजक श्यामबाबु रायले बताए ।
उखु उत्पादक किसानहरुले उखुको अनुदानलाई निरन्तरता दिन,गत क्रसिङ सिजन २०८१/०८२ मा बिक्री गरेको उखुको अनुदान बापतको रकम रु एक अर्व ६० करोड यथासिघ्र भुक्तानी गर्न र उखुको मुल्य तय गर्दा उखु किसान,उद्योगी र सरकारबिच छलफल गरेर मात्रै मुल्य निर्धारण गर्न माग गरेका छन् ।
उखु किसानलाई उखु खेतीमा प्रोत्साहन गर्न,उखुको उन्नत जातको बीउको अभाव, सहुलियत कर्जाको अभाव,खाद्यमल सहज ढंगले नपाइनु,उखु भुक्तानीमा ढिलाइ हुनु,उखुको उचित मूल्य नपाइनु र उखु खेतीका लागि प्राविधिक सहयोग नहुनु जस्ता समस्या रहेको नेपाल उखु उत्पादक महासंघको २०८२ साउन १२ गते सोमबार सर्लाहीको हरिवनमा बसेको बैठकले औल्याएको  थियो ।भने १६ वर्षदेखि पाउँदै आएको उखुको अनुदान अहिले आएर कटौति हुने भएपछि उखु किसान र विभिन्न राजनीतिक दलले प्रधानमन्त्री र कृषि मन्त्रीलगायतलाई भेटेर अनुदान रकमलाई निरन्तरता दिन माग राखिसकेका छन् ।

सम्बन्धित समाचार