Close This

आईसोलेसन निर्माणका लागि हरिहरपुरगढीद्धारा साँढे पाँच लाख सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२३ गते   ३८२ पटक हेरिएको

निर्माणाधिन आइसोलेसनका लागि सहयोग रकम हस्तान्तरण गर्दै

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा निर्माणाधिन आईसालेसन भवन निर्माणमा हरिहरपुरगढी गाउपालिकाले पनि सहयोग गरेको छ । कमलामाई नगरपालिका ६ मा बन्दै गरेको ५० बेडको आईसोलेसन भवन निर्माणका लागि हरिहरपुरगढी गाउपालिकाले ५ लाख  ५० हजार सहयोग गरेको हो ।
प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन),प्रदेश सभा सदस्य प्रदिप कटुवालको उपस्थितीमा आईसोलेसन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठलाई हरिहरपुरगढी गाउपालिका अध्यक्ष कारसाङ लामाले  ५ लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको छ ।


सहयोग रकमको चेक हस्तान्तरण गर्दै हरिहरपुरगढी गाउपालिका अध्यक्ष लामाले भवन निर्माणमा थप रकम आवश्यक परेमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष झलक कुमार माझीले जानकारी दिनु भयो ।
अध्यक्ष लामाले तिव्रगतीमा निर्माण भईरहेको आईसोलेसन भवन समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै भवन निर्माण भएपछि आफ्नो गाउपालिकाका कोरोना संक्रमितले पनि सहजरुपमा उपचार पाउने बताउनुभयो । उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech