लालबन्दी ११ र १२ जोड्ने लखन्देही नदीमा पक्की पुल निर्माण हुने

एसपि गौरव    प्रकाशित: २०८०-५-७ गते   २१४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्ने लखन्देही नदीमा लामो समयपछि पक्की पुल निर्माण हुने भएको छ । लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्ने लखन्देही नदीमा चार सय ८५ मिटर लामो र ११ मिटर चौडाई हुने पक्की पुल नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले शिलान्यास गर्ने भएपछि पुल निर्माण हुने पक्का भएको हो ।
लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्न लखन्देही नदीमा लामो समयदेखि पुल निर्माण गर्ने चर्चा चलिरहेको भएपनि पुल निर्माण नहुँदा निराश भएका स्थानीय नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले शिलान्यास गर्ने र चाँडै पुल निर्माण हुने भएपनि स्थानीय खुसी भएका छन् ।लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्न लखन्देही नदीमा चार सय ८५ मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि रु ७५ करोड ५० लाख बजेट व्यावस्था भएको र सोही अनुसार पुल निर्माण हुने लालबन्दी नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए ।
चार सय ८५ मिटर लम्बाई र ११ मिटर चौडाईको पुल निर्माणका लागि रु ७५ करोड ५० मा एमआर ग्रुप एण्ड वाईपी जेभीले ठेक्का सकार गरेको र २०८४ माघ भरीमा निर्माण सम्पन्न गर्ने गरी भदौ ९ गते शनिबार नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले शिलान्यास गर्ने कार्यक्रम रहेको नेकपा(माओवादी केन्द्र)का नेता श्याम श्रेष्ठले जानकारी दिए ।उनका अनुसार नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले भदौ ९ गते शनिबार बिहान करिब ९ बजे लालबन्दी आई पुल शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech