११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीमा हरिवन नगरपालिकासंग एउटा बारुण यन्त्र(दमकल) थियो ।देशभर कै सबैभन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाहीको मलंगवा नगरपालिकासंग रहेको बारुण यन्त्र(दमकल) विग्रेर थन्किएपछि हरिवन नगरपालिकामा रहेको बारुण यन्त्र(दमकल)ले जिल्लामा भएको आगलागीलाई धानी रहेको भएपनि“जेन जी”पुस्ताको आन्दोलनको क्रममा बारुण यन्त्र(दमकल)मा आगलागी भयो। आन्दोलनको बाहनामा अराजक समुहले जिल्लाका नौ वटा पालिका कार्यालयमा तोडफोड र आगजनी हुँदा कार्यालयभित्रका सबै कागजात, फर्निचर तथा भवन परिसरमा रहेका सवारी साधन जलेर नष्ट भए।
यस्तै,सुशासन र भ्रष्टाचारका विरुद्ध निस्केको ज्वालामुखीले भ्रष्टाचारको विरोध मात्रै गरेन सकरारी संरचनाहरुमा ठूलो क्षती पुर्यायो ।त्यसैक्रममा बारुण यन्त्र(दमकल) समेत जलेर खरानी भएपछि जिल्लामा ठूलो संकट थपिएको छ। हरिवन नगरपालिका संग रहेको बारुण यन्त्र(दमकल) जिल्लाका आधा दर्जन स्थानीय तहहरुले समन्वय गरी साझेदारीमा सञ्चालन गरी रहेकामा अब आगलागी भए बारुण यन्त्र(दमकल) खोज्न कहाँ जाने भन्ने चिन्ता थपिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए ।
उनका अनुसार मलंगवा नगरपालिकासंग बारुण यन्त्र(दमकल) रहेको भएपनि प्राय विग्रेर बस्ने र हरिवन नगरपालिकासंग रहेको बारुण यन्त्र(दमकल)प्रयोगमा आई रहेको भएपनि बारुण यन्त्र(दमकल)मै आगलागी भएपछि अब आगलागीको घटनामा तत्काल नियन्त्रणमा लिन सकिने अवस्था गम्भीर संकटमा परेको छ।२० वटा पालिका रहेको सर्लाहीमा दमकल खरिदप्रति पालिकाहरूले चासो नदेखाउनु दुःखद पक्ष मात्र नभई नागरिकहरुको प्रत्यक्ष सरोकार राख्ने विषयमा स्थानीय सरकार बेखबर देखिने जानकारहरु बताउँछन् ।
आन्दोलनका क्रममा ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर,हरिपुर्वा र मलंगवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाका कार्यालयमा“जेन जी”पुस्ताको आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भयो।जसका कारण लालबन्दी, हरिवन,बागमती र बरहथवा नगरपालिकाको भवन पूर्णरुपमा जलेर नष्ट भएका छन् भने अन्य पालिकामा आंशिक क्षति पुगेको छ।