Close This

पुलिसद्धारा ब्वाईज युनियन ३–० गोल अन्तरले पराजीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२८ गते   ४४५ पटक हेरिएको

सर्लाहीको बागमतीमा जारी प्रदेश २ कै सवैभन्दा बढी धनराशीको चौथौ संस्करणको राजर्षि जनक कप फुटबलमा विभागिय टिम नेपाल पुलिस क्लब र ब्वाईज युनियन क्लब काठमाण्डौंबीच भएको प्रतियोगीतामा नेपाल पुलिस क्लबद्धारा ब्वाईज युनियन क्लब काठमाण्डौं ३–० गोल अन्तरले पराजीत गर्दै सेमी फाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेल आज अपरान्ह ४ बजेबाट पुलिस र ब्वाईज युनियनले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाल पुलिस क्लबद्धारा ब्वाईज युनियन क्लब काठमाण्डौं ३–० गोल अन्तरले पारजीत भएको आयोजकले जानकारी दिएको छ ।
यि दुईबीचको खेल बागमती नगरपालिका ११ को स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा भएको हो । प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटर फाइनल खेलमा मंगलबार आयोजक बाग्मती नगरपालिकालाई १–० गोलले पाखा लगाउँदै पाहुना टोली कंचनजंगा फुटबल क्लब सिक्किम सेमिफाइनलमा प्रवेश गरेको थियो ।
यसअघि पहिलो क्वाटर फाइनल खेलमा अस्ती सोमवार एनआरटी क्लब काठमाण्डौंलाई २–१ गोलले पराजित गरी सुदूरपश्चिम–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । भोलीको अर्काे सेमी फाईनल जाउला खेल युवा क्लब र युनाइृटेड युवा क्लब दार्जेलीङको बीचमा खेल हुने आयोजकलाई उद्धृत गर्दै बागमतीबाट हाम्रा सहकर्मी रितिक अधिकारीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech