सिन्धुली पाठशाला र जिप्रका सिन्धुलीद्धारा जनचेतनामुलक कार्यक्रम सञ्चालन

1.3k Shares

दुर्गा कुमारी अधिकारी 
सिन्धुली पाठशाला र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा लागुऔषध, बालहिंसा,तनाव व्यवस्थापन र सकारात्मक सोच तथा आत्महत्या न्युनिकरण सम्बन्धी एक दिने जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ मा रहेको सिन्धुली पाठशाला र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा लागुऔषध,बालहिंसा,तनाव व्यवस्थापन र सकारात्मक सोच तथा आत्महत्या न्युनिकरण सम्बन्धी एक दिने जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रिन्सीपल निराजन श्रेष्ठले जानकारी दिए । 
उनका अनुसार पछिल्लो समय किशोरावस्थाका किशोर किशोरीहरु लागुऔषधमा फस्ने गरेका,बालबिबाहका घटनाहरु बढ्दो अवस्थामा रहेका,अनावश्यक विषयहरुमा तनाव लिने गरेका र हरेक कुरामा नकारात्मक सोचको विकास हुने गरेका र जसको कारण आत्महत्याका घटनाहरु बढ्ने गरेका विभिन्न तथ्यांकहरुमा देखिएका कारण यी समस्याहरु समाधानका लागि विद्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीसंगको समन्वयमा लागुऔषध,बालहिंसा,तनाव व्यवस्थापन र सकारात्मक सोच तथा आत्महत्या न्युनिकरण सम्बन्धी एक दिने जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले बताए । 
कमलामाई नगरपालिका ४ ढुग्रेबास स्थित सिन्धुली पाठशालाको परिसरमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुका साथै शिक्षक,शिक्षिकाहरु र अभिभावकहरुको समेत विशेष सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार