आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ मा ठुला दल र स्वतन्त्र उम्मेद्वार बीच कडा चुनावी प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । एक लाख चार हजार छ सय २८ मतदाताले मतदान गर्ने सिन्धुली क्षेत्र नं.२ मा यस पटक नेपाली कांग्रेस, नेकपा(एमाले)का साथै तत्कालीन नेकपा(माओवादी केन्द्र) हालको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का छुट्टा छुट्टै उम्मेदवार हुनुका साथै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट बागी उम्मेदवार खडा भएका छन् ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा ठुला दुई दल नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बीच गठबन्धन हुँदा क्षेत्र नं.२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल(राजन)ले विजय प्राप्त गरेका थिए।तर यस पटक सबै दलहरु एकल चुनावी मैदानमा रहेका र नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुका साथै नेकपाबाट बागी उम्मेदवारी समेत परेपछि चुनावी प्रतिस्प्रर्धा विगत भन्दा भिन्न हुने देखिएको छ ।
फागुन २१ गते सम्म हालकै परिस्थिती कायम रहे नेकपा(एमाले)का मनोजजंग थापा र नेकपाका बागी उम्मेदवार महेश्वर दाहालका साथै नेपाली काँग्रेसकी सुशिला थिङ बीच कडा चुनावी प्रतिस्प्रर्धा हुने देखिन्छ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार आशिष गजुरेल लगायत साना र स्वतन्त्र उम्मेदवारले मत काट्दा ठुला भनिएका काँग्रेस र नेकपा नै कमजोर हुने देखिन्छ।रास्वपाका गजुरेल नेता हरिबोल गजुरेलका भतिज हुन भने माओवादी केन्द्रबाट विभाजित प्रगतिशिल लोकतान्त्रीक पार्टी(प्रलोपा)का उम्मेदवार पनि पुर्व माओवादी नै हुन।उनिहरूले नेकपाकै मत विभाजन गर्ने देखिन्छ ।विगतको परिस्थिती हेर्दा पुर्व माओवादीहरुको पक्कड क्षेत्रको रुपमा रहेको सिन्धुली निर्वाचन क्षेन नं.२ मा आधिकारीक उम्मेदवारमा चित्त नबुझ्दा बागी उम्मेदवारलाई समेत बिजयी गराउने क्षमता राख्न सक्ने शक्ति उनीहरुको देखिन्छ ।
विगत २०६४ को निर्वाचनमा पनि लिलामणि पोखरेलको विरुद्ध बागी उम्मेदवार निरु दर्लामी(शिला)ले विजय प्राप्त गरेकी थिईन।निक्कै निष्ठावान नेताको रुपमा स्थापित आर्दशवान नेता दाहाललाई जिल्ला तह देखी केन्द्रीय नेतृत्व हरिबोलको समेत दरिलो साथ रहेको छ । गजुरेलले सिन्धुली क्षेत्र नम्बर २ बाटै २ पटक चुनाव जितेका थिए ।
अघिल्लो २०७९ को निर्वाचनमा गठबन्धन हुँदा एकल चुनाब लड्दा २१ हजार छ सय ८७ मत प्राप्त गरेका एमालेका थापा,काँग्रेसकी नेतृ थिङ र बागी उम्मेदवार दाहाल बीच त्रिपक्षिय भिडन्त हुने स्थानीय राजनीतिक दलका नेताहरु बताउँछन् ।नेकपाका दाहाल पुराना माओवादी पृष्ठभुमीका पार्टीहरूको उम्मेदवारी बलियो बागीको रूपमा स्वतन्त्र उम्मेदवारीका कारण यसपटक नेकपाका उम्मेदवार निक्कै कमजोर देखिएका छन । यस्तो अवस्थामा मत विभाजन,बाघी उम्मेदवारी र नयाँ राजनीतिक शक्तिको उदयले सिन्धुली क्षेत्र नम्बर २ को चुनावी परिणाम अन्तिम क्षणसम्म खुला रहने देखिएको छ । यता,बागी उम्मेदवार बनाएका नेकपाका नेता गजुरेललाई केन्द्रीय संयोजक पुगप कमल दाहाल(प्रचण्ड)को कठा दवाव आएको समेत नेकपा स्रोतले जनाएको छ ।