Close This

सिमाक्षेत्रमा सशस्त्र प्रहरीमाथी हमला

रासस    प्रकाशित: २०७७-२-३० गते   ४७९ पटक हेरिएको

जिल्लाको पर्सा गाउपालिका ३ नारायणपुर स्थित नेपाल भारत सिमा क्षेत्रमा खटिएका शसस्त्र प्रहरी माथी भारतीय नागरीकले हमला गरेका छन ।
भारतबाट आएका करिब २५ जनाको समुहले अचानक सिमामा खटिएका सशस्त्र प्रहरी माथी हमला गरेपछी सशस्त्र प्रहरीले बाध्य भएर १५ राउन्ड गोलि चलाएको जनाएको छ । सशस्त्र प्रहरीले चलाएको गोलि लागेर ३ भारतीय नागरीक घाइते भएको छन भने १ जना पक्राउ परेको सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेश क्यामका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार भारतबाट एक समुह जबरजस्ती नेपालमा छिर्न खोजेपछि रोक्ने क्रममा सिमा सुरक्षामा  खटिएका प्रहरीमाथी हातपात हुनुको साथै हतियार खोस्न खोजेपछि घmडप भएको हो ।सशस्त्र प्रहरीले बाध्य भएर चलाएको गोली लागेर  ३ जना भारतीय नागरीक घाईते भएपछि भारतबाट आएको समुह भारत तिरै फर्किएको सशस्त्र प्रहरीले जनाएको छ ।
अहिले भारतीय सुरक्षाकर्मीहरु समेत घटनास्थलमा आएर दुवैपक्षबीच छलफल भईरहेको सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । हतियार समेत खोसेपछि सशस्त्र प्रहरीले प्रहार गरेको गोली तीन भारतीय नागरिकलाई लागेको बताईएको छ । गोली प्रहार पश्चात सबै भारतीय नागरिक आफ्नै देशतर्फ भागेकाले विस्तृत विवरण प्राप्त हुन सकेको छैन । अहिले नेपालको अवस्था समान्य रहेपनी सिमालाइ सिल गरिएको र प्रहरी बढाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech