पाइल्सको उपचार गर्दा किशोरीको मृत्यु,मोहन आयुर्वेद औषधालयका सञ्चालक साह पक्राउ

255 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको मोहन आयुर्वेद औषधालयमा उपचार गर्ने क्रममा एक किशोरीको ज्यान गएको छ।लालबन्दी नगरपालिका २ पुर्नवासकी अन्दाजी १८ वर्षिय हंशु पासवानलाई पाइल्सको उपचार गर्न भन्दै मोहन आयुर्वेद औषधालयमा पुर्याईएकोमा त्यहाँ सुई लगाउँदा किशोरीको ज्यान गएपछि पीडित परिवार र स्थानीयले आईतबार दिउँसो करिब एक घण्टा पूर्व पश्चीम राजमार्गमा टायर वालेर चक्का जाम गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सम्बन्धीत निकायबाट कुनै अनुमती समेत नलिई सञ्चालनमा रहेको मोहन आयुर्वेद औषधालयमा किशोरीको ज्यान गएपछि उत्त औषधालयका सञ्चालक राम विनय साहलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको भएपनि आक्रोसित पीडित पक्ष र स्थानीयले केही समय आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी राखेका थिए ।पाइल्सको समस्याका कारण रक्तश्राप भएपछि उपचारका लागि उक्त औषधालयमा ल्याइएकी हंसुको मृत्यु भएको घटनाले सरोकारवालाहरुलाई गिज्याई रहेको स्थानीय राजाराम पासवानले बताए।उनका अनुसार आवश्यक प्रक्रिया र मापदण्ड नपुर्याई सञ्चालनमा रहेका यस प्रकारका स्वास्थ्य संस्थाहरुको नियमन नगरपालिका सहित सरोकारवालाले गर्नुपर्नेमा त्यसतर्फ उनीहरुको ध्यान नपुगेको प्रति आक्रोस व्यक्त गरे ।
यता,अवैध स्वास्थ्य संस्थाले मानिसको अकालमै ज्यान लिइरहेको लालबन्दी नगरपालिका २ का वडाध्यक्ष किरण कुमार पासवानले बताए।उनले अवैध स्वास्थ्य संस्था खोलेर लुट्ने काम भइरहेको प्रति नगरपालिकाको सम्बन्धी शाखाको ध्यान पुग्न नसकेको भन्दै आक्रोस व्यक्त गरे ।
युवतीको मृत्यु भएपछि शवलाई फोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको र आन्दोलीत पीडित पक्ष र स्थानीयलाई सम्झाई बुझाई गरि दोषीलाई हदै सम्मको कार्बाही गर्ने प्रतिवद्धता जनाएपछि तनावग्रस्त बनेको नवलपुरको अवस्था सामान्य बनेको सर्लाही प्रहरीले जनाएको छ ।
यता,केही वर्ष पहिला लालबन्दी नगरपालिकाले नगर भित्रका सबै नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुमगन गरी मापदण्ड नपुगेका नीजि स्वास्थ्य संस्थाहरुलार्ई बन्द गर्न निर्देशन दिएको भएपनि पछि  कुनै कार्बाही नहुँदा अवैध रुपमा स्वास्थ्य संस्था चलाउनेहरुको मनोबल बढेको स्थानीयको आरोप छ ।

सम्बन्धित समाचार