सर्लाही वन प्राविधिक समाजले आफ्नो दोस्रो बार्षिक साधारण सभा एवम शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।डिभिजन वन कार्यालय सर्लाहीको सभा हलमा दोस्रोत वार्षिक साधारण सभा एवम नेपालीहरुको महान चाड दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान गरिएको सर्लाही वन प्राविधिक समाजकमा अध्यक्ष सजन चौधरीले जानकारी दिए ।
सर्लाही वन प्राविधिक समाजले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद् लगायत सर्लाही वन प्राविधिक समाजका सल्लाहकारहरु,आजिवन सदस्य तथा साधारण सदस्यहरु एवम जिल्लाका वन प्राविधिकहरु लगायतको उपस्तिथि रहेको थियो ।