सर्लाहीका भूमिहिन सुकुम्बासीहरुलाई घरबार बिहिन बनाउन सरकार लागि परेको भन्दै नेकपा(माओवादी केन्द्र)सर्लाहीले डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको ध्यानाकर्षण गराएको छ।सर्लाहीमा लामो समयदेखि सार्वजनिक ऐलानी जग्गामा बसोबास गर्दै आएका भूमिहीन,दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबार विहीन बनाउन नेपाल सरकारले षड्यन्त्र सुरु गरेको भन्दै माओवादी केन्द्र सर्लाहीले डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा पुगि ध्यानाकर्षण गराएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्ले जानकारी दिए ।

उनका अनुसार सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उप प्रमुख लिला मोक्तान लगायतका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुलाई वन मुद्दा लगाई फसाउने षड्यन्त्र र कपोलकल्पित वन क्षेत्रको आधारमा भूमिहीन,दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनतालाई विस्थापित गर्ने योजना नेपाल सरकारले बनाएको भन्दै माओवादी केन्द्र सर्लाहीको ध्यानाकर्षण भएको हो ।

“हाम्रो पार्टीले यस प्रकारका झूटा मुद्दा लगाई राजनीतिक रूपमा फसाउने र जनतालाई अन्यायमा पार्ने कार्यको कडा निन्दा गर्दछ।नेपाली जनताको आधारभूत अधिकारमा हस्तक्षेप गर्न खोज्ने यो कदमलाई हाम्रो पार्टीले कदापि स्वीकार गर्न सक्दैन।यस प्रकारको गलत र अन्यायपूर्ण कदम विरुद्ध आवश्यक परे शक्तिशाली संघर्ष गर्ने”भन्दै माओवादी केन्द्र सर्लाहीका जिल्ला इन्चार्ज काफ्लेले हस्ताक्षर गरि एक विज्ञप्ती समेत जारी गरेका छन् ।

देश संघीय संरचनामा गएपछि स्थानीय तहहरुले आफ्नो स्थानीय तहलाई आत्मनिर्भर बनाउन साथै स्थानीय युवाहरुलाई रोजगारी सृजना गर्ने सवालमा काम गर्दा बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान लगायतका जनप्रतिनिधिहरु र त्यहाँका कर्मचारीहरुलाई विभिन्न विषयमा मुद्धा लगाई दुख दिने काम गरि रहेका विकास विरोधीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आफुले जित्ने सम्भावना नदेखेपछि वन मुद्धा लगाएर भएपनि बागमती नगरपालिकाको विकास निर्माणको कामका साथै बागमती नगरपालिका सहित सर्लाहीका अन्य पालिकाहरुमा बसोबास गरि रहेका भूमिहीन,दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबार विहीन बनाउने षडयन्त्र गरेको प्रति माओवादी केन्द्रले खेद प्रकट गरेको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए ।

उनका अनुसार २० औँ वर्षदेखि बसोबास गरि रहेका भूमिहीन,दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबार विहीन बनाउन नेपाल सरकार लागि परेपछि भूमिहीन,दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिृकत सन्तोष कुमार झाको ध्यानाकर्षण गराएका हुन ।

भूमि सम्बन्धी ऐन,२०२१ लाई संशोधन गर्दै सरकारले हालै जारी गरेको अध्यादेशले भूमिहीन,दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबार विहीन बनाउने आफ्नो स्थानीय तहलाई आत्मनिर्भर बनाउन र स्थानीय युवाहरुलाई रोजगारी सृजना गर्न लागि परेका बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान लगायतका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई विभिन्न विषयमा मुद्धा लगाई दुख दिने काम गर्न लागेको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले बताए।उनका अनुसार यो अध्यादेशले भूमिहीन,दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबार विहीन बनाउनुका साथै उनीहरूको अधिकारलाई कुण्ठित गर्ने खतरा बढेको छ ।

राष्ट्रपतिको चासो र सरकारको प्रतिबद्धता
राष्ट्रपति रामचन्द्र पौडेलले वन र निकुञ्जको जग्गा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई वितरण गर्ने प्रावधानप्रति चासो राख्दै अध्यादेशलाई केही दिन रोकेका थिए।तर नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले “एक पटकका लागि”भन्ने वाक्यांश थप्ने प्रतिबद्धता जनाएपछि अध्यादेश जारी भएको छ ।
यता,अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको निर्णय एवम सुझाब बमोजिम संघीय वन तथा वातावरण मन्त्रालय,वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश तथा सागरनाथ वन विकास परियोजना सर्लाहीबाट आवश्यक कानूनी कार्बाही बढाई दिन भनि डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई लिखित पत्र आएपछि कार्यालयबाट अनुसन्धान अधिकृत तोकी सोही अनुसार अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए।उनले आफुहरुलाई माथिल्लो निकायबाट पत्र आएपछि सोही अनुसार अनुसन्धान सुरु गरेको र अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालय सर्लाहीमा प्रतिवेदन पेश गरिने र सरकारी वकिल कार्यालय सर्लाहीले प्रतिवेदन अध्यायन गरी के कस्तो कार्बाही गर्ने भन्ने निष्कर्ष निकाल्ने बताए ।
उनले सागरनाथ वन विकास परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण भएको सम्बन्धमा सरोकारवाला सबैले अनुसन्धान समेत गरि रहेका र प्रक्रिया सुरु भएपछि जो डिभिजन वन अधिकृत आएपनि मुद्धा दायर हुने बताए ।उनले डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान लगायतका जनप्रतिनिधिहरुका साथै कर्मचारीहरुलाई फसाउने वा अन्य कुनै गलत नजरले नरहेको समेत बताए ।