सर्लाहीको बागमती नगरपालिका ८ स्थित सोल्टी बजारमा रहेको ग्रामिण विद्युत सहकारी संस्थाको अध्यक्षमा स्थानीय युवा ओम बहादुर रोक्का निर्वाचित भएका छन् ।नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद गरेर आफ्नो गाउँ सम्म विद्युत सेवा विस्तार गरी सहुलियतमा विद्युत सेवा प्रवाह गरी रहेको संस्थाको उपा अध्यक्षमा रेनु सिंह सहित १५ जना निर्वाचित भएका स्थानीय युवा सुभाष मैनालीले जानकारी दिए ।
उनका अनुसार संस्थाको सदस्यमा राम देव सिंह,सुमित्रा ठकुरी,चन्देश्वर महतो,राजेन्द्र महत्तो,डम्बर बुढाथोकी,प्रमिला महरा,हुँद्र बहादुर मगर,ध्रुव कार्की,रामसागर मैनाली,उषा गौताम(कर्की),कमल साह,सुमित्रा ढुंगेल र ढक प्रसाद गौतम निर्वाचित भएका छन् ।विद्युत गाउँमा पुर्याएर सस्तो महसुलमा स्थानीयलाई वितरण गर्दै आएको संस्थाको पदाधिकारी सर्व सहमत चयन गर्ने प्रयास गर्दापनि असफल भएपछि भएको निर्वाचनबाट रोक्काको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित भएको हो ।