जनप्रतिनिधिहरुको आग्रह पुर्वाग्रहका कारण बरहथवाका सामुदायिक विद्यालयहरुमा आन्तरीक सरुवाको आतंक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-४ गते   ५३२ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको आफुखुसी आन्तरीक अदली बदली गर्ने तयारी गरेको छ ।बरहथवा नगरपालिकाले नगर भित्र रहेका ४४ वटै साुमदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको मनोमानि तरिकाबाट आफुखुसी आन्तरीक अदली बदली गर्ने तयारी गरेको हो ।
नगर कार्यपालिकाका छ जना कार्यपालिका सदस्य एवम वडाअध्यक्षहरु सम्मिलित विद्यालय अनुगमन समिति गठन गरेको नगरपालिकाले राजनैतिक आग्रह पुर्वाग्रहका आधारमा नगर भित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुको मनोमानि तरिकाबाट आफुखुसी आन्तरीक अदली बदली गर्ने तयारी गरेको एक प्रधानाध्यापकले बताए । उनका अनुसार शिक्षा नै नबुझेका नगर कार्यपालिकाका छ जना कार्यपालिका सदस्य एवम वडाअध्यक्षहरु सम्मिलित विद्यालय अनुगमन समिति गठन गरेर उनीहरुकै गनुमगनको आधारमा विद्यालयको शैक्षिक गतिविधि सुधार गर्ने भन्दै मनोमानि तरिकाबाट आफुखुसी नगर भित्रका सबै प्रधानाध्यापकहरुको आन्तरीक अदली बदली गर्ने तयारी गरेको हो ।
नगरपालिका भित्र रहेका ४४ वटा सामुदायिक विद्यालयहरु मध्य नौ वटा माध्यामिक विद्यालयहरु रहेका छन् भने बाँकी ३५ वटा आधारभूत विद्यालयहरु रहेका र माध्यामिक विद्यालयहरुमा द्धितिय श्रेणिका प्रधानाध्यापकहरु रहेका भएपनि  नगर शिक्षा शाखाले विद्यालयहरुमा राजनीति सुरु गरेको अर्का प्रधानाध्यापकले बताए । नगर शिक्षा शाखाले जनप्रतिनिधिहरुको आग्रह पुर्वाग्रह तथा राजनैतिक आग्रह पुर्वाग्रहका आधारमा प्रधानाध्यापकहरुको सरुवाको तयारी गरेको हो ।
अर्का एक प्रधानाध्यापकका अनुसार विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भन्दै हाम्रो आन्तरीक अदली बदली गर्ने नगर शिक्षा शाखाले जनाएको भएपनि जनप्रतिनिधिहरुको चाहना अनुसार नै आफुहरुको आन्तरीक अदली बदली गर्ने तयारी गरिएको हो । उनले शिक्षा क्षेत्रको कुनै जानकारी नै नभएका मानिसहरुलाई विद्यालय अनुगमन समितिको नाममा एउटा समिति बनाएर बरहथवा नगरपालिका भित्रका प्रधानाध्यापकहरु,शिक्षकहरु तथा अभिभावकहरु र विद्यार्थीहरुको मानसिकतामा निकै ठूलो खेलवाड भएको बताए ।
उनले भने नगरपालिकाले आन्तरीक रुपमा गरेको अदली बदलीको विवरण शिक्षा विकास तथा समन्वय ईकाईमा नहुने र त्यसबाट पनि पछि अवकाश भएपनि निके समस्या सृजना हुन्छ ।
यता,नगर शिक्षा शाखाका प्रमुख अनिल कुमार साहले सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तरका साथै दरबन्दी अनुसार शिक्षकहरु नभएकाले सो मिलन गर्न आन्तरीक अदली वदली गर्ने विषयमा छलफल सुरु भएको बताए । आफुहरुले आन्तरीक रुपमा अदली बदली गरेपछि शिक्षा विकास तथा समन्वय ईकाई पनि जानकारी गराउने हुँदा कुनै समस्या नहुने शिक्षा शाखा प्रमुख साहले बताए ।
उनले शिक्षक कर्माचारीहरुका साथै विद्यालय व्यावस्थापन समिति विचमा केही विवाद देखिएका साथै तल्लो तहका शिक्षकहरुले प्रधानाध्यापकको भुमिका निर्वाह गरि रहेका कारण समस्या देखिएका कारण यस्तो  तयारी गरिएको बताए ।
बरहथवा नगरपालिका ५ का वडा अध्यक्ष शिव कुमार सिंह,बरहथवा ६ का वडा अध्यक्ष अफ्ताव आलम,बरहथवा १२ का वडा अध्यक्ष रामजी राय,बरहथवा १४ का वडा अध्यक्ष दिपेन्द्र यादव,बरहथवा १७ का वडा अध्यक्ष राम विश्वास राय र बरहथवा १८ का वडा अध्यक्ष अरविन्द कुमार यादवलाई विद्यालय अनुगमन समितिमा राखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech