प्रादेशिक अस्पताल मलंगवा सर्लाहीका चिकित्सकमाथि हातपात भएपछि चिकित्सकहरुले ओपिडी बाहेकका सेवा बन्द गरेका छन्।चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर मंगलबारदेखि नै अस्पतालमा ओपिडी सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।दोषीमाथि कानूनी कारवाहीको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. सन्जिव सिंहले बताए ।
अस्पतालमा हड्डी भाँचिएर उपचारमा लागि आएका मलंगवाकै एक जना बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर सोमबार राति बिरामीका आफन्तले अस्पतालमा कार्यरत हाडजोर्नीका डा.कृष्णजंग साहमाथि हातपात गरेका थिए।डा.साहमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले विगत दुई दिनदेखि आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन् ।
चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ती मार्फत माग गरेको छ ।चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालमा उपचार गर्न आएका बिरामीहरु मारमा परेका छन् ।