Close This

लालबन्दीमा लक डाउन सहज भएपछि जनजीवन सहज बन्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१४ गते   ३१७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले निषेधाज्ञा खुकुलो गरेपछि नगरबासीको जनजिवन समान्य बनेको छ ।

आईतबार देखि बिहान १० बजे देखी दिउसो१ बजे सम्म अति आवश्यक सामाग्री, बैंक तथा वित्तिय संस्था खुलेपछि लालबन्दीको जनविजन समान्य बनेको हो । 
लामो समय देखी आर्थिक अभावका कारण समस्यामा परेकाहरुले बैंक तथा बित्तिय संस्था खुलेपछि केहीमात्रामा राहतको महसुस गरेका छन् ।  यता दैनिक उपभोग्य सामाग्रीहरुको व्यापार व्यावसायहरु प्नि खुलेपछि स्थानीयबासी खुसी भएका छन ।
 नगरपालिकाले  स्थानीयको समस्यालाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डलाई आत्मासात गर्दै अति आवश्यक सामाग्रीहरुको व्यापार व्यावसाय खेल्ने समय निर्धारण गरेको नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनुु भयो ।

दिउसोको समयमा नगरमा निषेधाज्ञा भएको भएपनि नगरका ग्रामिण भेगमा निषेधाज्ञाको कुनै पालना नभएको स्थानीयले बताएका छन् । स्थानीयले परिक्षणको दायरा बढाएर निषेधाज्ञा खुल्ला गर्नुपर्नेमा जोड दिदै आएका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech