धरानबाट अन्दाजी ७ क्विन्टल गाँजा,२ वटा सवारी साधन र एकजना पक्राउ

285 Shares

जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई वटा चार पाङ्ग्रे सवारी साधन,एकजना मानिस सहित अन्दाजी सात क्विन्टल प्रतिवन्धित लागु औषध गाँजा बरामद् गरेको छ।कोशी राजमार्ग अन्तर्गत धनकुटाबाट प्रतिवन्धित लागु औषध गाँजा लिएर धरानतर्फ आउँदै गरेको बा १ झ ४६०५ नम्बरको स्कार्पियो र बा १ झ ५१२७ नम्बरको कार गरी दुई वटा सवारी साधन र त्यसमा ल्याउँदै गरेको अन्दाजी सात क्विन्टल प्रतिवन्धित लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षकराम प्रसाद तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय धरानको टोलीले अन्दाजी सात क्विन्टल प्रतिवन्धित लागु औषध गाँजा सहित दुई वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिन चार राउन्ड गोली समेत चलाउनु परेको थियो । चार राउण्ड गोली चलाई दुई वटा सवारी साधन सहित अन्दाजी सात क्विन्टल प्रतिवन्धित लागु औषध गाँजा र बा १ झ ४६०५ नम्बरको गाडीका चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का अन्दाजी वर्ष ३६ श्यामकुमार विश्वकर्मा पक्राउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सुमन कुमार तिमल्सिनाले जानकारी दिए।उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरु बागमती प्रदेशको अल्फाबेट लेखिएकाले यातायात कार्यालय बागमती प्रदेशसंग बुझ्ने काम भई रहेको र उक्त सवारी साधन वास्तव मै सरकारी सवारी साधन हो वा होईन् भन्ने विषयमा अहिले एकनि गर्न नसकिने समेत बताए ।
गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि शंकारस्पद गतिविधि गरेका दुई वटै सवारी साधनलाई प्रहरीले निगरानी बढाएपछि उनीहरु भाग्न खोज्दा प्रहरीले बाध्य भएर गोली चलाउँदा बा १ झ ५१२७ नम्बरको गाडीको पछाडिको भागमा केही क्षति पुगेको साथै उक्त सवारी साधनका चालक भागेका जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
सुनसरी प्रहरीले यसअघि एम्बुलेन्स,पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र भारतीय नम्बर प्लेटको सवारी साधनबाट समेत ठूलो परिमाणमा क्विन्टल प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा लिएको सुनसरी प्रहरीले अहिले सरकारी नम्बर प्लेटका दुई वटा सवारी साधन सहित अन्दाजी सात क्विन्टल प्रतिवन्धित लागु औषध गाँजा र एकजनालाई नियन्त्रणमा लिन सफल भएको हो । लागूऔषध गाँजाको ओसार पसार र कारोबारमा संलग्न गिरोहले यसको तस्करीका लागि नयाँ–नयाँ शैली अपनाउन थालेको भन्दै यसतर्फ पनि प्रहरीले निगरानी बढाएको जनाएको छ ।

सम्बन्धित समाचार