सर्लाहीको लालबन्दीमा रहेको लालबन्दी जेसीजले १११ औँ अन्र्तराष्ट्रिय श्रमिक नारी दिवश( ८ मार्च) को अवसरमा लैङ्गिक हिंसा विरुद्ध विद्यालयमा सचेतनामुलक कार्यक्रम गरेको छ । दिवशको अवसरमा लालबन्दी नगरपालिका १ मा रहेको जनता माध्यमिक विद्यालयमा हिमावन्ती नेपाल प्रदेश नम्बर २ को संयोजन तथा ध्ब्ख्भ्क् कार्यक्रमका न्भलमभच ऋजबmउष्यलक रहनुभएका महिला अभियन्ता रमा पौडेलको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त तालिम कार्यक्रमको सभाअध्यक्ष लालवन्दी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी श्याम कुमार खड्काले गर्नु भएको थियो भने प्रमुख अतिथि लालवन्दी नगरपालिकाका १ का वडा अध्यक्ष पञ्चलाल स्याङबोको रहेको लालबन्दी जेसीजले जनाएको छ । कार्यक्रममा जनता मा. वि का प्रधानध्यापक विनोद पौडेल लालबन्दी जेसीजका संस्थापक अध्यक्ष जेसी किरण घिमिरे, विद्यालयका शिक्षकशिक्षिकाहरु, लालबन्दी जेसीज वर्ष २०२१ का कार्यसमिति पदाधिकारीहरु र अन्य सदस्यहरु र जनता मा.वि मा अध्यनरत ९१ जना छात्राहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यकारीणी उपाध्यक्ष जेसी केशव राज खड्काले राख्नु भएको थियो ।
मन्तव्यकै क्रममा सोहि विद्यालयका प्र.अ पौडेलले लालबन्दी जेसीजले यस्तो सचेतनामुलक कार्यक्रम लागि आफ्नो विद्यालय छनौट गरी ९१ जना छात्राहरुलाई विद्यालयमा हुने विभिन्न हिंसाहरुको न्यूनिकरण गर्न सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नू भयो । उहाँले आगामी दिनमा पनि थप यस्ता कार्यक्रमको अपेक्षा राखेको बताउनु भयो । त्यस्तै प्रमुख अतिथि वडा अध्यक्ष स्यांबोले लालबन्दी जेसीजले विगतमा पनि निकै समाजिक कार्यहरु गदै आएको र दिवसको अवसरमा हाल जल्दो वल्दो समस्याको रुपमा रहेको समस्यालाइ उजागर गदै यति धेरै किशोरीहरुला लैङ्गि हिंसाको विषयमा सचेतना जगाएको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।
साथै मन्तव्यकै क्रममा लालबन्दी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी खड्काले जेसीजले सदैव व्यक्तित्व र नेतृत्व विकासमा जोड दिदै समाजमा भएका विभिन्न विद्यमान समस्याहरुको वकालत गर्दै समाज सेवामा समेत सक्रिय रहने र अगामी दिनमा पनि यस्तै खालका कार्यक्रमहरु लालबन्दी जेसीजले संञ्चालन गर्दै जाने बताउनु भयो । उहाँले सचेतनामुलक कार्यक्रमले कम्तीमा पनि विद्यालयमा हुनसक्ने हिंसालाई व्यवहारमै कम गर्ने विश्वास व्यक्त गदै उपस्थीत सम्पूर्ण लाई धन्यवाद व्यक्त गर्नुभयो । उपाध्यक्ष जेसी गणेश कार्की संयोजक रहनु भएको उक्त कार्यक्रमको संचालन जेसी राजकुमार सिंहले गर्नु भएको लालबन्दी जेसीजले जनाएको छ ।