लालबन्दी जेसीज वर्ष–२०२३ को सप्ताहव्यापी कार्यक्रम सुरु,पहिलो दिन ३ वटा कार्यक्रम

624 Shares

सर्लाहीको लालबन्दी जेसीज वर्ष–२०२३ ले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।लालबन्दी जेसीज वर्ष–२०२३ को सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बिहीबार(आज) लालबन्दी नगरपालिका ७ स्थित रहेको रामजानकी वैद्धिक गुरुकलम्लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको लालबन्दी जेसीज वर्ष–२०२३ का अध्यक्ष ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिए ।

 उनका अनुसार आज(बिहीबार)बाट सुरु भएको लालबन्दी जेसीज वर्ष–२०२३ को सप्ताहव्यापी कार्यक्रमको पहिलो कार्यक्रम लालबन्दी नगरपालिका ९ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीको परिसर सरसफाई तथा गमला र फुल हस्तान्तरण,दोस्रो कार्यक्रम अन्र्तगत लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्धम भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा आश्रीत बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण र औषधी वितरण र तेस्रो कार्यक्रम लालबन्दी नगरपालिका ७ स्थित रहेको रामजानकी वैद्धिक गुरुकलम्लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

लालबन्दी जेसीज वर्ष–२०२३ का अध्यक्ष बख्रेलको अध्यक्षता र कार्यकारिणी उपाध्यक्ष जेसी सुनिता खरेल(थपलिया)को प्रमुख संयोजकत्वमा लालबन्दी जेसीज वर्ष–२०२३ ले आफ्नो सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।फरक फरक गरी सात वटा कार्यक्रम गरि मनाईने लालबन्दी जेसीज वर्ष–२०२३ ले आफ्नो सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन नै तीनवटा कार्यक्रम गरेको हो ।

कार्यक्रममा लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख कल्पना माया पाख्रिङ,लालबन्दी नगरपालिका ९ का अध्यक्ष तथा स्वास्थ्यकेन्द्र व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारी,लालबन्दी नगरपालिका ७ का अध्यक्ष कृष्ण कार्की(गोपाल), प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.विरोचन चौधरी,लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका रोशन चौधरी, लालबन्दी जेसीजका संस्थापक अध्यक्ष किरण घिमिरे,लालबन्दी जेसीजका पुर्व अध्यक्ष एवम नेपाल जेसीज क्षेत्र“ख”का तालिम संयोजक श्यामकुमार खड्का,जेसीजका स्थापनाकालका महासचिव सरोज बाबु न्यौपाने लगायतको उपस्थिति रहेको लालबन्दी जेसीजका कोषाध्यक्ष शिवहरी गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार