कांग्रेसका युवा नेताहरुद्वारा हरिवन ८ का विपन्नलाई न्यानो कपडा वितरण

2.9k Shares

नेपाली कांग्रेस हरिवनका युवा नेताहरुले हरिवनमा अति विपन्न परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । कांग्रेस हरिवनका युवा नेताहरुले हरिवनका अति विपन्न परिवारलाई जाडोमा न्याना बनाउन ओड्ने ब्लांकेट वितरण गरेका हुन् ।
नेपाली कांग्रेस हरिवन नगरपालिका ८ का वडा सभापति धनराज बुढाथोकीको नेतृत्वमा प्रदेश ‘क’का सचिव सिताराम सुवेदी, अग्रज तथा बुद्धिजीवी कृष्ण प्रसाद भट्टराई, कांग्रेसका युवा नेताहरु युगल सुवेदी, विनोद महत, सुशील थपलिया, राजिव मास्के, गणेश भण्डारी, पन्च लामा लगायतको उपस्थितीमा हरिवन नगरपालिका–८ बेतालीका अति विपन्न माझी एवम दलित परिवारलाई ब्लांकेट वितरण गरिएको नेपाली कांग्रेस हरिवनले जनाएको छ ।
सलर्दाहीको हरिवन घरभई अहिले अमेरिका बस्ने सैलेश मैनाली र जननी श्रेष्ठ दम्पतिको सहयोगमा कांग्रेसका युवा नेताहरुले ब्लांकेट वितरण गरेका हुन् । चिसो बढेसँगै अति विपन्न परिवारलाई जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण अभियान सूरु गरिएको हरिवन नगरपालिका–८ का वडा सभापति बुढाथोकीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार