हरिहरपुरगढी ३ मा श्रीमान्को बन्चरो प्रहारबाट श्रीमतीको हत्या,श्रीमान् पक्राउ

204 Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ मा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ।आइतबार अपरान्ह करिब ४ बजेर ३० मिनेटमा हरिहरपुरगढी गाउँपालिका ३ रानीपानीका करिब ४५ वर्षीय वीरबहादुर राईले आफ्नै घरभित्र श्रीमती करिब ४६ वर्षीया रिता राईलाई बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
प्रहरीका अनुसार घरभित्रै भएको उक्त घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी सहायक निरीक्षक नरेशकुमार रायको कमाण्डमा निर्वाचन सुरक्षामा खटिएका प्रहरी सहित १२ जनाको टोली तुरुन्तै घटनास्थलमा गई घटनामा संग्लग्न भएका राईलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनामा संलग्न श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।मृतक रिताको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको सिन्धुली प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार