सर्लाहीको कबिलासी नगरपालिकामा चोरी भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।कविलासी नगरपालिकाको कार्यालयमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा नियन्त्रणमा लिइएका पाँच जनाको साथबाट कम्प्युटर र प्रिन्टरलगायत सरकारी सामाग्रीहरू समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार कबिलासी नगरपालिका ८ स्थित सामाजिक सुरक्षा शाखाको कोठाबाट विभिन्न सरकारी सामानहरू साउन ४ गते चोरी भएको थियो।सो घटनालाई अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले सीपीयू, मोनिटर, किबोर्ड, कुर्सी, राउटर,मल्टी प्लग र क्षतिग्रस्त प्रिन्टर लगायतका सामाग्रीहरु सहित रोहित मिश्र,सुरेन्द्र राय,राजु पासवान,ललका पासवान र दिपक पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक राईले बताए ।तर प्रहरीले उनीहरुको ठेगाना खुलाएको छैन् ।