इश्वरपुर नगरपालिका १२ मा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु,३जना घाइते

1.1k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका १२ अन्तर्गत पुर्व पश्चिम लोकमार्गको बाँके सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । इश्वरपुर नगरपालिका १२ स्थित पुर्व पश्चिम लोकमार्गको बाँके सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 पुर्वबाट पश्चिम आउँदै गरेको प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलसँग पश्चीमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–०१७ प ७१८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा स ९ प १५९१ नम्बरको मोटरसाइकल समेत ठोक्किँदा पर्साको वीरगन्ज महानगरपालिका २३ पोखरीयाटोलका अन्दाजी बर्ष ३६ को राम लोचन पटेल र पर्सा नै स्थायी ठेगाना भएका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत अन्दाजी बर्ष ३८ का प्रहरी हवल्दार बाबुलाल प्रसाद साहको दुर्घटनामा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परि अन्य ३ जना घाइते भएका छन ।
पर्साकै वीरगन्ज उपमहा नगरपालिका २३ सबैठवाका अन्दाजी बर्ष २३ का सोनेलाल प्रसाद यादव,सिरहाको कर्जन्हा नगरपालिका ११ का अन्दाजी बर्ष ५० का चन्देश्वर महतो र उनकी श्रीमती अन्दाजी बर्ष ४५ की जयन्ती कुमारी महतो घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । दुर्घटनामा संग्लग्न ३ वटै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार