नेकपा(एमाले)सर्लाहीले आफ्ना एक कार्यकर्ताको ज्यान गएको घटना छानविनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईविको टोली माग गरेको छ । सर्लाहीको कविलासी नगरपालिका ४ का निवर्तमान वडा अध्यक्ष अरविन्द रायको सवारी दुर्घटनामा ज्यान गएको सम्वन्धमा सुक्ष्म तरिकाले अनुसन्धान तथा छानविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईविको टोली माग गरेको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले जानकारी दिए ।
एमाले जिल्ला कमिटी सदस्य समेत रहेका रायको गत भदौ ७ गते साँझ वरहथवा नगरपालिका १० किसनपुर चौकमा एक शंकास्पद मोटरसाईकल दुर्घटनामा ज्यान गएको थियो ।एमाले सर्लाहीका नेता चूडामणि वाग्लेका अनुसार शुक्रबार(आज)एमालेका केन्द्रीय सदस्य,सर्लाही जिल्ला इन्चार्ज एवम निवर्तमान रक्षा मनत्री हरि उप्रेतीको नेतृत्वको टोलीले आफ्ना कार्यकर्ताको शंकास्पद सवारी दुर्घटनामा ज्यान गएको र सुक्ष्म तरिकाले अनुसन्धान तथा छानविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईविको टोली माग गर्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ज्ञापन पत्र वुझाएको हो ।
सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षा मन्त्री समेत भएका उप्रेतीको हस्ताक्षरीत पत्रमा घटनालाई स्वभाविक दुर्घटना मान्न नसकिने भएकोले विशेष अनुसन्धान गर्न माग गरिएको उल्लेख गरिएको छ ।केन्द्रीय सदस्य एवम बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल, पुर्व मन्त्री खोवारी राय,एमाले सर्लाहीका नेता एवम हरिवन नगरपालिका ११ का वढा अध्यक्ष शेष मेहवुव रेजा,पार्वती विश्वकर्मा,अशोक कार्की र प्रल्हाद वुढाथोकी लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो ।