सर्लाहीको हरिवनबाट स्रोत नखुलेको रु १८ लाख र एउटा कार सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १८ लिएर सर्लाहीको मधुवन गोठ तर्फ जालिनोट साट्न भनी काठमाडौंबाट कारमा आएका चार जना सहित रु १८ लाख नियन्त्रणमा लिइएको प्रहरी स्रोतको दाबी छ ।
नेपाल भारत सिमा क्षेत्र स्थित सर्लाहीको मधुवन गोठमा नेपाली सक्कली रुपैयाँमा ६० लाख जालि नोट लान भन्दै काठमाडौबाट आएका चार जनासंग नक्कली नोटवालाहरुको कुरा नमिलेपछि नोट नसाटी फर्किएको अवस्थामा हरिवनबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको रु १८ लाख र बागमती प्रदेश ०१ ०२६ च ०२९९ नम्बरको कार कुनै माध्यामबाट सार्वजनिक भएको भएपनि नियन्त्रणमा लिईएका चार जना सहित रकम र कारको विषयमा प्रहरीले आधिकारीक सार्वजनिक गरेको छैन । मंगलबार दिउँसो करिब ४ बजे चारजना सहित कार र १८ लाख स्रोत नखुलेको रकम प्रहरीले नियन्त्रणमा लिएको भएपनि यो समाचार तयार पर्दा सम्म प्रहरीले सार्वजनिक नगरेको हो ।
सो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीलाई सोध्दा आफुलाई जानकारी नभएको र आफुले बुझेर भन्ने बताएका भएपनि मंगलबार राती करिब १0 बजे सम्म पनि प्रहरीले सो घटनाको विषयमा कुनै सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक सुवेदी आएदेखि नै धेरै सुचनाहरु लुकाउने गरिएको छ ।