सर्लाहीको लालबन्दी र हरिवन बजारका खाद्यान्नका गोदामहरुमा छापामारी भएको छ । लालबन्दी बजार र हरिवन बजारका खाद्यान्नका गोदामहरुमा नेपाली उपभोक्ता संरक्षण महासंघ मधेश प्रदेश, करदाता सेवा कार्यालय लालबन्दी र स्थानिय प्रहरी प्रशासनको उपस्थितीमा छापामारी भएको हो ।
सशस्त्र प्रहरीको टोलीले नयाँ रोडबाट ठूलो मात्रामा भनसर छलीको ड्यू (चिसो पिय पदार्थ) बरामद् गरेपछि नेपाली उत्पादनले बजार नपाएको आशंका गर्दै लालबन्दी र हरिवन बजारका खाद्यान्नका गोदामहरुमा छापामारी गरिएको नेपाली उपभोक्ता संरक्षण महासंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद प्रसाद थपलियाले बताए ।
भारतबाट अखाद्य वस्तु मिसाईएका वस्तुहरु निर्वाध रुपमा अवैध तरिकाबाट नेपाल भित्रंदा गुणस्तरीय नेपाली उत्पादनले बजार नपाउने र भारतबाट अखाद्य वस्तु मिसाईएका वस्तुहरु नेपाली उपभोक्ताहरुको भान्सामा पुग्दा धेरै प्रकारका स्वास्थ्य समस्या समेत आउने गरेका कारण आफुहरुले करदाता सेवा कार्यालय लालबन्दी र स्थानिय प्रहरी प्रशासनको सहयोगमा शंकास्पद गोदामहरुमा छापामारी गरेको नेपाली उपभोक्ता संरक्षण महासंघ मधेश प्रदेशका अध्यक्ष थपलियाले बताए ।
नेपाली उपभोक्ता संरक्षण महासंघ मधेश प्रदेशको संयोजकत्व तथा करदाता सेवा कार्यालय लालबन्दी र स्थानिय प्रहरी प्रशासनको सहयोगमा शंकास्पद गोदलामहरुमा छापामारी गर्दा म्याद गुज्रेका,विलविजक नभएका र भन्सार छलीका सामानहरु फेला परेका करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख सुरेन्द्र प्रसाद मण्डलले बताए । विलविजक आफुहरुले हेरेको र म्याद गुज्रे नगुज्रेको नेपाली उपभोक्ता संरक्षण महासंघले हरेको बताए ।
छापामारीको क्रममा विल विजक नभएको,खरिद,विक्रि विल नभएका व्यापारीहरुलाई सचेत गराएको र भन्सार छली ल्याइएका सामाग्रीहरु नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय हरिवनलाई नष्ट गर्न बुझाइएको करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख मण्डलले बताए । लालबन्दी बजारको रस्मी कोल्ड स्टोर्स र हरिवन बजारको सन्तोष डिलर,अनिल किराना पसल,पुजा किराना पसल लगायतका शंकास्पद स्थानहरुमा सरोकारवालाहरुको टोलीले छापामारी गरेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए ।छापामारी गरिएका गोदामहरुबाट भन्सार छलिका किनारा तथा खाद्य सामाग्री,सुर्तीजन्य पदार्थ,चिसो पेय पदार्थहरुका साथै सुर्तिजन्य पदार्थ बरामद् भएको र खरिद विक्रि विलविजक नभएको पाइएको हो ।
जिल्लाका अधिकांश बजारहरुमा भनसर छलीका सामानहरुका साथै खरिद विक्री विल विजक जारी नगरि काम गर्ने गरिएको भएपनि भरखरै गठन भएको नेपाली उपभोक्ता संरक्षण महासंघ आफैँले बजार अनुगमन गर्ने र समस्यामा परेका उपभोक्ताहरुकासाथै व्यापारी व्यावसायीहरुका गुनासालाई अन्य सरोकारवाला निकाय सम्म पुर्याइ समस्या समाधान गर्ने काम सुरु गरेको छ । बजार अनुगमनमा सरोकारवालाहरुको टोली निस्केपछि गैर कानुनी काम गर्ने व्यापारीहरु आफ्ना पसलहरु बन्द गरेर भागेका नेपाली उपभोक्ता संरक्षण महासंघ मधेश प्रदेशले जनाएको छ ।