दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिका २ का किसानहरुलाई रु २० लाखकाे कृषि यन्त्र अनुदानमा वितरण गरिएको छ । बागमती नगरपालिकाकाे रु १० लाख र रामजानकी साना किसान कृषि सहकारी संस्थाकाे रु १० लाख गरि रु २० लाखमा बागमती नगरपालिका २ का किसानहरुलाई कृषियन्त्र अनुदानमा वितरण गरिएको बागमती नथरपालिका २ का वडा अध्यक्ष बाबू तामाङले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिकाले ५० प्रतिशत अर्थात रु १० लाख र रामजानकी साना किसान कृषि सहकारी संस्थाले ५० प्रतिशत अर्थात रु १० लाख गरि रु २० लाखमा बागमती नगरपालिका २ का किसानहरुलाई ट्याक्टर र विषादी र भिटामिन छिट्ने स्प्रे ट्याङ्की वितरण गरिएको हाे ।
बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,उप प्रमुख लिला कुमारी माेक्तान र राम जानकी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अन्जु पौडेलले किसानहरुलाई कृषि यन्त्र हस्तान्तरण गरेका बागमती नगरपालिकाकाे कृषि शाखा प्रमुख हिमाल शाहीले जानकारी दिए ।
बागमती नगरपालिकाका अधिकांश नागरिकहरु विपन्न र कृषि पेशामा निर्भर रहेका कारण उनीहरुलाई प्राेत्साहन गर्नका लागि सहकारीले बागमती नगरपालिकासंग साझेदारीमा कृषि यन्त्र सहयाेग गरेकाे नगर प्रमुख थापाले बताए ।
अहिले धमाधम धान राेप्ने समय भएकोले र पछिल्लो समय किासनहरुले गाेरु पाल्न छाडेपनि कृषिकर्ममा असहजता नहाेस भनेर कृषि यन्त्र वितरण गरिएको उप प्रमुख माेक्तानले बताईन् ।
कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा बागमती नगरपालिका १ का वडा अध्यक्ष गंभिर सिं पाख्रिङ,बागमती नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरुका साथै सहकारीका सदस्यहरु र किसानहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।