लालबन्दी नगरपालिका १३ पत्थरकोटमा विप्लवको प्रशिक्षण

3.2k Shares

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लालबन्दी नगरपालिका १३ पत्थरकोटामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले पार्टीका आठ जिल्लाका नेता कार्यकर्तालाई राजनैतिक वैचारिक प्रशिक्षण प्रदान गर्नु भएको हो । प्रदेश २ का आठै जिल्लाका नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा भएको प्रशिक्षण कार्यक्रममा प्रदेश २ का आठै जिल्लाका जिल्ला कमिटि सदस्यहरुको सहभागीता रहेको थियो ।
वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौँ भन्ने मूल नाराका साथ महासचिव विप्लवले प्रदेश भरका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेका पार्टीका सर्लाही सेक्रेटरी कमल सुस्लिङले जानकारी दिनु भयो । विप्लव समूहले पछिल्ला दिनमा सर्लाहीमा आफ्नो राजनीतिक गतिविधि निकै बढाएको छ । वडा तथा गाउँ नगरकोसमेत सम्मेलन तथा भेला गर्दै आएको विप्लवले प्रदेश भरीका नेता तथा कार्यकर्ताहरुको लागि प्रशिक्षण समेत सर्लाहीमा चलाएको छ ।

सम्बन्धित समाचार