सर्लाहीको लालबन्दी ६ मा स्थानिय र प्रहरी वीच झडप, ४ जना पक्राउ

3.6k Shares

सर्लाहीको लालबन्दीमा स्थानिय र प्रहरी विच झडप भएको छ । लालबन्दीको मोडल अस्पतालले  टिटि सुई लगाउन गएका एक स्थानियलाई रेविजको सुई लगाई दिएको विषयमा अस्पताल सञ्चालकसंग सामान्य मनमुटाव भएपछि स्थानिय आक्रोसित भएका थिए । 
आक्रोसित स्थानियले अस्पतालका डाक्टरसंग बसेर छलफल गर्न पाउनु पर्ने माग गर्दै सुरु गरेको शान्तीपुर्ण नारा जुलुसमा प्रहरीले आक्रमणको प्रयास गरेपछि स्थानिय र प्रहरी विच झडप भएको हो । 
लालबन्दी नगरपालिका ६ जनवादी चोकबाट शुरु भएको शान्ती पुर्ण नारा जुलुसमा प्रहरीले आफैँले ढुंगा हान्न सुरु गरेपछि स्थानिय थप आक्रोसित भएका र प्रहरीमाथी ढुंगा हान्न थालेका स्थानियले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय लालबन्दी र हरिवनको टोलीले स्थानियमाथी चार राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि भिड तितरबितर भएको छ । मोडेल अस्पतालमा टिटि सुई लगाउन आएका एक बिरामीलाई रेवीजको सुई लगाई दिएपछि स्थानीयले चिकित्सकमाथि आक्रमणको प्रयास गरेका थिए । 
स्थानियले प्रहरीको आक्रमण पछि करिब १ घण्टा पुर्व पश्चीम लोकमार्ग समेत  अवरुद्ध गर्दै प्रहरीको विरुद्धमा नारा जुलुस गरेका थिए । प्रहरीको बल प्रयोग गरेर अनेरास्वावियुुका केन्द्रीय सदस्य रमेश घिमिरे सहित स्थानिय ४ जनालाई नियन्त्रणमा लिएको छ । झडपमा कोही पनि घाइते नभएका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

साथै आज(शुक्रबार)दिउँसो बार्ता गर्न गएको स्थानिय युवाहरुको टोलीमाथी प्रहरी निरिक्षक थापाले अपशब्द प्रयोग गरेका र प्रयोग गरिएको अपशब्दको प्रकृति हेर्दा प्रहरी निरिक्षक थापाले मापसे गरेको आशंका लागेको स्थानियले बताएका छन् । आफुहरु सौर्हादपुर्णरुपमा बार्ता गर्न गएको भएपनि प्रहरी निरिक्षक थापाले आफुहरुमाथी अपशब्द प्रयोग गरेका  भन्दै स्थानिय युवाहरु थप आक्रोसित भएका छन् ।

सम्बन्धित समाचार