बाल सुधार गृह वीरगञ्जबाट २ जना कैदी फरार,खोजी कार्य जारी रहेको प्रहरीको भनाई

गणेश खड्का    प्रकाशित: २०८०-६-१२ गते   २३८ पटक हेरिएको

पर्साको वीरगञ्जमा रहेको बाल सुधार गृहबाट दुई जना बालकैदी फरार भएका छन् । बाल सुधार गृहको छतमाथिबाट हाम फालेर वीरगञ्ज उपमहानगरपालिका ४ बिर्तास्थित बाल सुधार गृहको दुई जना बालकैदी फरार भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान २ जना बालकैदी बाल सुधार गृहको छतमाथिबाट हाम फालेर फरार भएका हुन् ।उनीहरुको खोजी कार्य जारी रहेको पर्सा प्रहरीले जनाएकोे छ ।”
फरार भएका कैदी बन्दीहरु के कसुरमा थिए भन्ने प्रहरीले एकिन नबताएपनि फरार भएकाहरूमध्ये एक जना कर्तव्य ज्यान र अर्का कैदीलाई जबर्जस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएको स्रोतको दाबी छ । 
भदौ २६ गते मात्रै भक्तपुर बाल सुधार गृहबाट वीरगञ्ज बाल सुधार गृहमा ल्याइएका बालकैदी र यहाँ पहिलैदेखि बस्दै आएका बालकैदीहरू बीच झडप भएको थियो ।झडपमा दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए ।झडप पश्चात् भक्तपुरको सुधार गृहबाट ल्याइएका कैदीहरूलाई अन्यत्र सारिएको पर्सा प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech