Close This

बरहथवा नगरपालिकामा कटुवाल र वडा नम्बर १० मा राय दुवै महिला नर्वाचित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-९ गते   १९४५ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका १० को वडाध्यक्षमा दलित महिला निर्वाचित हुनु भएको छ । बरहथवा नगरपालिका १० को वडा अध्यक्षमा बहुजन एकता पार्टी नेपालको तर्फबाट शर्मिला कुमारी राम विजयी हुनु भएको हो । निर्वाचित शर्मिलाले ६ सय ६ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सत्यनारायण सिंहले ३ सय ३३ मत पाएका छन् ।
 अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा(माओवादी केन्द्र)का उम्मेद्वार रामजिनिस साहले ३ सय २९ मत सहित वडाध्यक्षमा जीत हाँसिल गर्दा पनि कांग्रेसकै सिंह ७ मतले पराजित भएका थिए ।
शर्मिलाले जितेसँगै पहिलो पटक स्थानीय निकायमा सहभागि भएको बहुजन एकता पार्टी नेपालले समेत सर्लाहीमा वडाध्यक्षतर्फ एकमात्र खाता खोल्न सफल भएको छ । वडाध्यक्षमा निर्वाचित शर्मिला केही समय पहिला जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रशासकीय अधिकृत तथा हाल ईलाका प्रशासन कार्यालय बरहथवामा प्रमुखको जिम्मेवारीमा रहेका राम नरेश रामकी श्रीमती समेत हुन । बरहथवा नगरपालिकाको नगर प्रमुखमा पनि महिला नै विजयी हुनु भएको छ । नेकपा(एमाले)की कल्पना कटुवाल नगरप्रमुखमा निर्वाचित हुनु भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech