सर्लाहीमा सरकारी मोटरसाईकलमा लागुऔषध लिएर आउँदै गरेको अवस्थामा लागु औषध सहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । धनकौल गाउँपालिका–३ का २६ वर्षीय जयकिशोर सिंहलाई ना १ ब २२१२ नम्वरको सरकारी मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गर्दा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प मनुष्माराले पक्राउ गरेको हो ।
सिंहको साथबाट लागूऔषध कोडिवेल कफ सिरफ सय एमएलको ३ सय ७१ बोतल बरामद् भएको सशस्त्र प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाको कार्यालय सहयोगी रहेका खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।
मनुष्मारास्थित चेक प्वाईन्टमा रोकेर चेकजाँच गर्न खोज्दा फरार भएका सिंहलाई शसस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएकोे टोलीले बरहथवा नगरपालिका–८, टाँडीबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएकोे सशस्त्र प्रहरीले जनाएको छ ।