सर्लाहीको हरिपुर नगरपालिकामा आयोजित सातौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ।हरिपुर नगरपालिका २ हात्तीसार स्थित खेल मैदानमा सोमबारबाट आयोजना गरिएको प्रतियोगितामा कूल ३० पदकसहित हरिपुर नगरपालिका २ स्थित रहेको महावीर जनता मावि प्रथम,२५ पदकसहित हरिपुर नगरपालिका ४ हरैया स्थित रहेको जनता मावि द्धितिय र १४ पदकसहित हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहा स्थित रहेको सार्वजनिक मा.वि.तृतिय भएको हरिपुर नगरपालिकाको शिक्षा शाखाका संयोजक नागेश्वर रायले जानकारी दिए ।
उनका अनुसार बिजेता विद्यालय तथा विद्यार्थीहरुलाई हरिपुर नगरपालिकाकी नगर उप प्रमुख निलदेवी राय यादव,प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल,लेखा अधिकृत रन्जित राय,हरिपुर नगरपालिका ७ का वडाध्यक्ष मनोजकुमार चौधरी लगायतले पुरस्कार वितरण गरेका छन् ।सातौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हरिपुर नगरपालिका भित्रका छ वटा सामुदायिक र एउटा संस्थागत गरी माध्यमिक तहका सात वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।