मंगलबार रातीदेखि ७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२७ गते   १२४ पटक हेरिएको

वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनलाई लक्षित गरि नेपाल भारत सिमानाका ७२ घण्टा बन्द हुने भएको छ । स्थानिय निकायको निर्वाचनमा खुल्ला सिमानाका कारण कुनै पनि अप्रिय घटना नहोस भन्नका लागि नेपाल–भारत सीमा नाका मंगलबार राती १२ देखि ७२ घण्टाको लागि बनद हुने भएको हो ।
मंगलबार राती १२ बजेपछि देखि बुक्रबार राती १२ बजे सम्मका लागि बन्द हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार दुवै देशका सम्बध अधिकारीहरुको बैठक बसी नेपालमा हुन लागेको स्थानिय निकायलाई भररहित मर्यादित र शान्तीपुर्ण बनाउन ७२ घण्टाका लागि नेपाल भारत सिमानाका बन्द गर्ने सहमती भएको हो ।
 दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले छिमेकी देश भारतसंग सिमाना जोडिएका सर्लाही सहितका जिल्लाहरुको सिमानाका ७२ घण्टाका लागि बन्द गर्ने सहमती भएको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार महोतरीको बर्दिबासमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निकायको निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय भएको  हो ।
खुल्ला सीमा नाकाका कारण निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ गौतमले बताउनु भयो । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ गौतमले बताउनु भयो । देशभर मै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको सर्लाहीमा ५३ किलोमिटर खुल्ला सिमाना रहेको छ । 
स्थानिय निकायको निर्वाचनलाई शान्त,व्यावस्थीत र मर्यादित बनाउन जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ । ३ सय १८ मतदानस्थल र ५ सय ९९ मतदान केन्द्र रहेको सर्लाहीमा करिब ६ हजार कर्माचारीहरुलाई निर्वाचनमा परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech