Close This

चन्द्रनगरका करिब तीन सय एकल महिलालाई फाईवर सिरक वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१४ गते   ४८१ पटक हेरिएको


सर्लाहीको चन्द्रनगर गाउँपालिकाका चार वटा वडाका करिब तीय सय एकल महिलाहरुलाई फाईवरको सिरक वितरण गरिएको छ ।चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको पहलमा शुक्रबार र शनिवार दुई दिनमा गरि गाउँपालिकाका चार वटा वडाका करिब तीय सय एकल महिलाहरुलाई फाईवरको सिरक वितरण गरिएको हो ।
गाउँपालिकाका चारवटा वडाका करिब तीनसय जना एकल महिलाहरुलाई कठ्यांग्रिदो चिसोबाट बचाउन भन्दै फाइबरको सिरक वितरण गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले बताए ।उनका अनुसार चिसो प्रभावित नागरीकलाई राहत दिन गाउँपालिकाबाट विनियोजित बजेटबाट ती महिलाहरुलाई सिरक वितरण गरिएको हो ।
गाउँपालिकाभित्रका सबै एकल महिलालाई फाइबरको सिरक वितरण गर्ने लक्ष्य राखिएको भएपनि बजेट अपुग भएपछि टेवा धापाखेल र भोर जनकपुर नामक संस्थासँग समन्वय गरी गाउँपालिका भित्रका सबै नौ सय ७० जना एकल महिलाहरुलाई नै फाइबरको सिरक वितरण गरिने गाउँपालिका अध्यक्ष महतोले बताए ।
शनिवार गाउँपालिका अध्यक्ष महतोको अध्यक्षतामा चन्द्रनगर ४ पोखरीया र ६ कामदमा न्यानो फइबर सिरक वितरण गरिएको गाउँपालिकाले जनाएको छ । चन्द्रनगर गाउँपालिका वडा नम्बर ४ मा करिब एक सय र वडा नं. ६ मा करिब एक सय २५ जना एकल महिलाहरुलाई न्यानो सिरक प्रदान गरिएको हो ।
सातवटा वडा रहेको चन्द्रनगरको चारवटा वडाहरुमा न्यानो सिरक वितरण भैसकेको र बाँकी रहेको तीन वटा वडामा पनि चाँडै न्यानो सिरक वितरण गरिने गाउँपालिकाले जनाएको छ । आइतवार पनि विभिन्न वडामा सिरक वितरण हुने अध्यक्ष महतोले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech