प्रदेश २ का तीन जिल्लामा कांग्रेस अधिवेशन अन्योलमा,बाँकी रहेका स्थानमा केन्द्रीय अधिवेशन पछि निर्वाचन हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१९ गते   ७४ पटक हेरिएको

 नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्योलमा परेको छ । जिल्लाहरुमा पार्टी विवादै विवादको कारण मतदाता नामावली प्राप्त नहुँदा प्रदेश २ मा अधिवेशन नै स्थगित हुने अवस्थामा पुगेकोे छ । प्रदेश २ का आठ वटै जिल्लाको मतदाता नामावली आउन नसकेपछि नेपाली कांग्रेसको १४ औँ अधिवेशनको निर्वाचन प्रक्रिया नै सुरु हुन सकेको छैन ।
सर्लाहीको चारवटै निर्वाच क्षेत्र, महोत्तरीको क्षेत्र नं. ३, सप्तरीको क्षेत्र नं. ४ लगायतका स्थानमा क्रियासिल सदस्यता वितरणमा विवाद कायमै छ । सर्लाहीको करिव १० वटा वडामा समेत अधिवेशन हुन सकेको छैन । जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली अझै पनि प्राप्त हुन नसकेका कारण पूर्व घोषित निर्वाचन तालिका अनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
‘निर्वाचन तालिका अनुसार मंसिर १८ गते निर्वाचन गर्नुपर्ने थियो तर हुन सकेन,’ अझै कहिले हुने भन्नेमा अन्योलता कायमै रहेको कार्यालयले जनाएको छ । ‘मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन । संस्थापन र संस्थापनइतर वीचको विवादका कारण सर्लाहमिा तीनजना मुख्य निर्वाचन अधिकृत फर्किएका छन् भने अर्काे निर्वाचन अधिकृत समेत जिल्लामा आएका भएपनि निर्वाचन प्रक्रिया कहिल गर्ने भन्ने टुंङ्गो लागेको छैन । 
मतदाताको नामावली आउन नसकेकै कारण मनोनयनपत्र दर्ता गर्ने कार्य स्थगित गर्नुपरेको प्रदेश २ का रजिष्ट्रेशन संयोजक विशेश्वर यादवले जानकारी दिनु भयो । रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनौट सम्पन्न भए पनि नामावली प्राप्त हुन नसकेको यादवको भनाई छ । भने सर्लाहीका दुई सय वडाहरु मध्य करिब १० वटा वडाहरुमा निर्वाचन हुन सकेको छैन । केन्द्रले मंसिर १९ गते निर्वाचन नभए केन्द्रीय  अधिवेशन पछि नै प्रदेश २ को अधिवेशन हुने बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech