कोरोना माहामारीको कारण केही समयदेखि रोकिएको छोरी बिमा कार्यक्रम अब केही दिनबाटै शुरु हुने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताउनु भयो ।
आज(सोमबार) मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीको बिमा कार्यक्रम आफूहरुले ल्याए पनि कर्मचारीको असहयोगका कारण निरन्तरता दिन नसकिएको बताउनु भयो । कोरोना माहामारीका कारण करिब ३ बर्षदेखि बन्द रहेको बिमा कायृक्रम चाँडै नै शहुरु हुने उहाँले बताउनु भयो ।
उहाँले कर्मचारीको असहयोगका वावजुद शुरुमा करिब ९ हजार छोरीको बिमा गर्न प्रदेश सरकार सफल भएको भन्दै कोरोनाका कारण करिब ३ वर्षदेखि बन्द रहेको बिमा कार्यक्रम केही दिनभित्रै पुनःसञ्चालनमा ल्याइने बताउनु भयो ।
प्रदेश सरकारले कक्षा ११ र १२ मा पढ्ने मधेश प्रदेशका आठै जिल्लाका ८ हजार छोरीलाई ल्यापटप वितरण गर्ने कार्यक्रम पनि रहेको मुख्य मन्त्री राउतले बताउनु भयो । उहाँका अनुसार मुख्यमन्त्री राउतले एक जिल्लाका १ हजार छोरीलाई ल्यापटप बितरण गरिने छ । साथै मधेश प्रदेशका पत्रकारहरुले सरकारले गरेका राम्रा काम पनि लेख्नु पर्ने बताउनु भयो ।