Close This

नागरिक दैनिक पत्रिकाका पत्रकारहरु पारिश्रमिकको माग गर्दै कार्यालय अगाडी धर्नामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१३ गते   ३२२४ पटक हेरिएको

नागरिक दैनिक पत्रिकाको कार्यालय अगाडी पारिश्रमिकको माग गर्दै धर्नामा बसेका पत्रकारहरु

नेपाल रिपव्लिक मिडिया प्रालिद्वारा संचालित नागरिक दैनिक पत्रिकामा कार्यरत पत्रकारहरुले पारिश्रमिक नपाएको भन्दै बुधबारदेखि धर्ना सुरु गरेका छन् । नागरिक दैनिक पत्रिकाको मुख्यालय प्रांगणमा बुधबार दिउँसोदेखि पारिश्रमिक नपाएका पत्रकारहरुले धर्ना शुरु गरेका हुन ।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, पूर्वसचिव रामप्रसाद दाहाल, प्रेस युनियनका महासचिव अजय सिवाकोटी पुगेर एक्यवद्धता जनाएका छन् ।
नागरिक दैनिक पत्रिकाका सर्लाही संवाददाता तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्री, पाँचथर संवाददाता गिरीराज बास्कोटा, सिन्धुली संवाददाता अनिल भण्डारी, महोत्तरी संवाददाता महेशकुमार दास, तनहुँ संवाददाता श्रीहरि पौडेल लगायत धर्नामा बसेका छन् । 
नागरिक दैनिक पत्रिकाले कार्यरत पत्रकारलाई करिब तीन वर्षदेखि पारिश्रमिक नदिएका कारण आफुहरु धर्नामा बसेको नागरिक दैनिक पत्रिकाका सर्लाही संवाददाता तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
धर्नामा बस्न एक साता अघि युनियनमार्फत पत्रकारहरुले प्रधान सम्पादक र व्यवस्थापनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा कुनै सुनुवाई नभएपछि बाध्य भएर आफुहरु धर्नामा बस्न बाध्य भएको नागरिक दैनिक पत्रिका सिन्धुलीका सम्वाददाता भण्डारीले बताउनु भयो । पत्रकारहरुले माग पुरा गर्न दवाव दिँदै धर्ना तथा कार्यलयमा तालाबन्दीसम्मको कार्यक्रम तय गरेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech