पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाआश्रमलाई खाद्यान्न सहयोग

486 Shares

सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाआश्रमलाई खाद्यान्न सहयोग प्राप्त भएको छ।हिमालयन लाइफ इन्स्योरेन्सको उप–प्रादेशिक कार्यालय बर्दिवासले कम्पनीको १६ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाआश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।bbb.jpeg
कम्पनीको वार्षिकोत्सव जेठ २२ गते रहेको भएपनि सोही अवसरको पुर्व सन्ध्यामा सामाजिक उत्तरदायित्व अन्र्तगत वृद्धसेवा आश्रममा आश्रित वृद्धवृद्धाहरुका लागि चामल,दाल, तेल, नुन, फलफुल, लगयतका खाद्यान्न सामाग्री  वितरण गरेको उप प्रादेशिक प्रमुख गंगेश कुमार झाले जानकारी दिए ।cccc.jpeg
लालबन्दी शाखा प्रमुख लोक कुमारी काफ्ले,हरिवन शाखा प्रमुख सरोज बाबू न्यौपाने,बर्दिवास शाखा प्रमुख जितेन्द्र प्रसाद महत्तो,मलंगवा शाखा प्रमुख धर्मभक्त प्रसाद बरहथवा शाखा प्रमुख बिरेन्द्र चौधरी,रामगोपाल शाखा प्रमुख शनि सरद झा र एमडीआरटी सिनियर एजेन्सी म्यानेजर सानु माया पाख्रीन लगायतको उपस्थितिमा आश्रमलाई खाद्यान्न सहयोग प्राप्त भएको आश्रमकी सञ्चालक भवानी कोइरालाले जानकारी दिईन् ।

सम्बन्धित समाचार